योक्सममा छवटा सिक्किम गरीब आवास योजना घर उद्घाटन
सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चाले आज योक्सममा सिक्किम गरीब आवास योजना अन्तर्गत छवटा घर उद्घाटन गरे। लेप्चाले घर निर्माणको गुणवत्ता जॉंच गरेपछि लाभार्थीहरूलाई घरको चाबी हस्तान्तरण गरे।
लाभार्थीहरूको नाम छेवाङ रिन्जिङ भोटिया, धनबीर गरूङ, रूद्र बहादुर छेत्री, बुद्धसिंह सुब्बा, मंगलसिंह लिम्बू र जगरसिंह लिम्बू रहेका छन्। घर उद्घाटन अवधि योक्समका बीडीओ साम्बरमान लिम्बू, योक्सम दुब्धी जीपीयू सभापति सुनीता लिम्बू, उपसभापति कारजङ भोटिया आदि पनि उपस्थित थिए।