युकसामका किसानहरूलाई केसीसीको आयोजनमा पशुबाट हुने रोगबारे जागरूकता कार्यशाला आयोजित

Spread the love

अप्रेल, 2022। पश्चिम सिक्किम युकसाममा स्थानीय किसानहरू बीच पशुबाट हुने रोग (जुनोटिक) को प्रबन्धनबारे एक दिवसीय कार्यशाला आयोजन गरियो। युकसाम महकुमा कार्यालयको परामर्शमा कञ्चनजङ्गा कन्जर्भेसन कमिटि (केसीसी) को आयोजन र युएनडीपीको ग्रीन रिकभरीको सहयोगमा आयोजित यस कार्यशालामा युकसाम दुब्दी ग्राम पञ्चायत एकाईका किसान तथा पञ्चायत सदस्य,केएनपीका आरओ, आशाकर्मी तथा टासिडिङ क्षेत्रका प्रगतिशील किसानहरूको विशेष उपस्थिति रहेको थियो।
युकसाम महकुमाका महकुमा अधिकारी तेञ्जिङ टी भोटिया मुख्य अतिथिको रूपमा उपस्थित रहेको कार्यक्रममा युएनडीपी र ग्राम पञ्चायत तथा केसीसीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा युएनडीपी सिक्किमका प्रभारी राजऋषि चक्रवर्तीले युकसाम क्षेत्रमा भइरहेको कार्यबारे जानाकरी दिएका थिए। यसैगरि युएनडीपीका ग्रीन रिकभरीका पूर्वोत्तर प्रभारी सुप्रिया खुण्डले ग्रीन रिकभरीबारे जानकारी दिँदै अब उसो भविष्यमा कुनै पनि कोरोना महामारी जस्तो स्थिति सिर्जना हुँदा मानिसहरूले स्थानीय स्रोत संसाधनबाट जीविकोपार्जन गर्ने अवसरको रूपमा कार्य गर्न सक्ने तयारी गर्न सकुन भन्ने लक्ष्यले मानिसहरूमा दिगो पर्यटन र अन्य उपायको विकास गर्ने लक्ष्य राखेर कार्य गरिरहेको बताइन्। यसै अन्तर्गत केसीसीको तत्परतामा किसानहरूमा जनोटिक रोगबारे जागरूकता प्रदान गर्ने कार्य गरेको बताइन्।
अर्कोतिर सिक्किम सरकारको पशुपालन तथा पशुधन विभागको तर्फबाट भेटनेरि अफिसर डॉ. प्रनिसा छेत्रीले जानकारी दिइन। उनले किसानहरूलाई पशुधनको सुरक्षा र विमा आदिको बारेमा जानकारी दिनका साथै उपचारका विभिन्न पद्धतीहरूबारे पनि जानकारी दिइन्। यसैगरि ग्रामीण स्तरमा जुनोटिक रोगहरूको प्रबन्धनबारे जानकारी दिइएको थियो। यसैगरि पशुपालनको विभिन्न चुनौती र अनुभवहरूबारे चर्चा गर्नका साथै उपस्थित सहभागी प्रतिनिधिहरूले आपसमा सुझाउ आदान प्रदान गरे।
कार्यक्रमका मुख्य अतिथि महकुमा अधिकारी भोटियाले आफ्नो सम्बोधन राख्दै पर्यटनको दिगो विकासको निम्ति युएनडीपी र केसीसीले गरिरहेको पहललाई स्थानीयहरूले पनि उपयोग गर्नसक्नुपर्ने बताए। उनले युकसामले पर्यटनलाई जुन स्थानीय परम्परा र संस्कृतिलाई ध्यानमा दिएर कार्य गरिरहेको छ त्यसको निम्ति यसको स्थायीत्वलाई निरन्तता दिनुपर्ने आव्हान गरे। यसैगरि उनले पर्यटनको निम्ति विकास गर्दा दुरदर्शी योजना तय गर्नुपर्ने नत्र यसको नकरात्मक प्रभाव सम्हाल्न गाह्रो हुने बताए। उनले पेलिङको उदाहरण दिँदै यसबाट शिक्षा लिनुपर्ने आह्वान गरे। अर्कोतिर केसीसी र युएनडीपीको पहलमा उच्च हिमाली क्षेत्रको ट्रेकर हटको निम्ति अक्सिजन र दाउरा बचाउन ग्यास वितरण गरेर महत्वपूर्ण कार्य गरेको बताए। यसले धेरै हदसम्म पर्यावरण संरक्षण र पर्यटकहरूको सुरक्षाको निम्ति योगदान हुने बताए।
कार्यशाला आयोजन हुन अघि युएनडीपीका प्रतिनिधिहरूले प्रयोग भइसकेको कागज र लोप्ताबाट पाहाडे कागज बनाउने निर्माणाधिन परियोजनाको निरिक्षण भ्रमण पनि गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *