‘भोइस’ ले 28 र 29 मईमा आफ्नो तेस्रो वर्षगॉंठ मनाउने

Spread the love

गान्तोक, 24 मई । पर्यावरण संरक्षण र यसबारे जागरूकता फैलाउने दिशामा काम गर्दै आइरहेको संगठन ‘भोइस’ ले आफ्नो स्थापनाको तेस्रो वर्षगॉंठ मनाइरहेको छ। भोइसले यस अवसरमा आगामी 28 र 29 मईको दिन दक्षिण सिक्किममा कार्यक्रम आयोजना गरिरहेको छ। उक्त दुई दिवसीय कार्यक्रम अवधि पनि मानिसहरूलाई पर्यावरणको संरक्षण र संवर्धनबारे जागरूक गर्न गतिविधिहरू गरिने बताइएको छ।

भोइसकी प्रतिनिधि एड्रिना गुरूङले 28 र 29 मईको दिन नाम्चीको सेण्ट्रल पार्कमा कार्यक्रम आयोजना गरिने जानकारी आज पत्रकार सम्मेलनमा दिइन्। उनले प्रथम दिन ‘ग्रीन बार्टर’ र ‘बिरुवा ग्रहण’ कार्यक्रम सम्पन्न गरिने बताए। ग्रीन बार्टर अन्तर्गत भोइसद्वारा स्थापित दोकानमा आएर बिरुवाहरू विनिमय गर्न सकिने छ। यसरी नै बिरुवा ग्रहण अन्तर्गत इच्छुक व्यक्तिहरूले 50 रूपियॉं भुक्तान गरेर आफ्नो अथवा अन्य कसैको नाममा बिरुवा रोप्न सक्नेछन्। बिरुवा लगाउने काम भोइसले नै गरिदिने छ। दोस्रो पर्यावरण जागरूकता सम्बन्धित विभिन्न कार्यक्रमहरू सम्पन्न गरिने एड्रिनाले बताइन्।

यसरी नै अर्का सदस्य संजय राईले पर्यावरण, जलवायु परिवर्तन आदिसॅंग सम्बन्धित समस्याहरू जटिल बन्दै गइरहेको छ भनी बताए। उनले जलवायु परिवर्तनलाई लिएर मानिसहरूमा गलत धारणा रहेको बताउॅंदै जलवायु परिवर्तन कुनै एटम बम सरह होइन, यो एउटा स्लो पोइजन रहेको र यसले हामीलाई बिस्तारै मार्नेछ भनी स्पष्ट पारे। उनले पर्यावरण संरक्षणको दिशामा सबैले आआफ्नो जिम्मेवारी निर्वाह गर्नु अनिवार्य र समयको माग पनि रहेको आसय व्यक्त गरे।

यसरी नै सरस्वती राईले भोइस स्थापनाको उद्देश्य अनि यस संगठनले अहिलेसम्म गर्दै आएका कार्यहरूबारे जानकारी दिएकी थिइन्। भोइसले पर्यावरण संरक्षणका साथै सामाजिक क्षेत्रमा पनि काम गर्दै आइरहेको उनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *