बुनियादी पूर्वाधार र निर्माण आर्थिक विकासको प्रमुख प्रेरकशक्ति हो

बुनियादी पूर्वाधार र निर्माण आर्थिक विकासको प्रमुख प्रेरकशक्ति हो

Spread the love

बुनियीदी पूर्वाधार हाम्रो देशको मेरुदण्ड हो र निर्माण क्षेत्रका साथसाथै भारतको समग्र विकासलाई गति प्रदान गर्न महत्त्वपूर्ण भूमिका यसले खेल्दछ।  यसैले आर्थिक विकासको एउटा प्रमुख प्रेरकशक्तिको रूपमा यसले काम गर्दछ। भारतीय बुनियादी पूर्वाधार क्षेत्रले व्यवधान अनि कोभिडको समयका बन्देजहरूको सामना गर्नका साथै निर्माण कार्य पूर्णरूपले रोकिएको भए तापनि उल्लेखनीय लचिलोपन देखायो। तथापि, यी व्यवधानहरूपछि बुनियादी पूर्वाधार अनि निर्माण पुनः शुरु हुने पहिलो आर्थिक गतिविधिको रूपमा रहेको हामीले देख्यौं। भारतीय निर्माण क्षेत्रमा भावी सम्भावनाहरूलाई नविनीकृत गर्ने र खोज्ने उद्देश्यका साथ, म समग्र बुनियादी पूर्वाधारको परिदृश्यमाथि विचार गर्नेछु कारण यो भारतको समग्र विकासलाई बढावा दिन र नीतिहरू शुरु गर्नका लागि सरकारको अत्यधिक ध्यान केन्द्रित गर्न धेरै नै जिम्मेवार छ, जसले देशमा विश्व स्तरको बुनियादी पूर्वाधार समयबद्ध तरिकाले निर्माण सुनिश्चित गर्नका अतिरिक्त अरू धेरै प्रतिस्पर्धी बनाउनेछ।

हाम्रो सरकारले देशमा बुनियादी पूर्वाधारको निवेशलाई प्रोत्साहित गर्न हालैका दिनहरूमा कैयौं महत्त्वपूर्ण पहल गरेको छ। बजेटमा हालै गरिएका घोषणाहरूले देशको बुनियादी पूर्वाधारलाई सुदृढ बनाउन निरन्तर निवेशका साथ हाम्रो सरकारको प्रतिबद्धता दर्शाउँदछ। वर्ष 2024-25 सम्म बुनियादी पूर्वाधार परियोजनाहरूमाथि 111 लाख करोड निवेश गर्ने राष्ट्रिय पूर्वाधार पाइपलाइन (एनआइपी) शुभारम्भ गरिएको छ। निजी क्षेत्रको भागीदारी आकर्षित गर्नका लागि 6 लाख करोडको परिसम्पत्ति मुद्रिकरण कार्यक्रम शुभारम्भ र ब्राउनफिल्ड बुनियादी पूर्वाधारको सम्पत्तिमा निवेश यस दिशामा ऐतिहासिक कदम हो।

राजमार्ग क्षेत्रमा पीपीपीको निम्ति राम्ररी विकसित पूर्वाधारका साथ भारत पहिलेदेखि नै वित्तीय वर्षमा राष्ट्रिय राजमार्ग सञ्जाललाई 25 हजार किलोमिटरसम्म बढाउने आफ्नो महत्त्वकाङ्क्षी लक्ष्यमा तेजीका साथ अघि बढिरहेको छ। भारतमाला परियोजनाको लक्ष्य करिब 65 हजार किलोमिटर राष्ट्रिय अनि आर्थिक गलियारा, सीमा वा तटीय सडक अनि द्रूतमार्गको निर्माण गर्नु रहेको छ, ताकि पहिले नै निर्मित राजमार्गको ढाँचालाई अरू उन्नत बनाउन सकियोस्। यस कार्यक्रमले 550 जिल्लालाई चौमार्गी सम्पर्क सुविधआ प्रदान गर्नेछ भने 50 आर्थिक गलियारा विकसित गरिनेछ र निर्माण उपकरण उद्यमीहरूका लागि पनि अवसरले आकर्षित गर्नेछ। पहिलेबाटै स्वचालित मार्ग अन्तर्गत सडक अनि राजमार्गमा 100 प्रतिशत प्रत्यक्ष विदेशी निवेशको अनुमति दिइएको छ। यसले अर्थव्यवस्था अघि बढ्नेछ।

यसै गरी विमानन क्षेत्रमा 2026 सम्म नेभिगेशन सेवाका साथ 1.83 अरब अमेरिकी डलरको निवेशका साथ हवाई अड्डाहरूको बुनियादी पूर्वाधार विस्तार गरिनेछ। यसले निर्माण उद्योगका लागि पर्याप्त अवसर प्रदान गर्नेछ। यसका साथै ताजा प्रतिवेदन अनुसार भारतमा निर्माण उद्योग 2025 सम्म 1.4 ट्रिलियन डलरसम्म पुग्ने आशा गरिएको छ भने विशाव स्तरमा तेस्रो सबैभन्दा विशाल देशको रूपमा उदाउने आशा छ। निर्माण व्यवसाय कसरी तेजीका साथ अघि बढिरहेको छ, तेजीका साथ विकसित भइरहेको छ, तकनिकीले यसलाई पुनः परिभाषित गरिरहेको छ। भारतमा निर्माण उद्योग बजारले 250 उप-क्षेत्रमा काम गर्नका साथै विभिन्न क्षेत्रबीच सम्मिलनका साथ निर्माण उपकरण उद्यमीहरूका लागि अवसर यसले प्रदान गर्दछ।

निर्माण क्षेत्रमा प्रविधि अनि स्थिरताले महत्त्वपूर्ण भूमिका खेल्नेछ। अभिकल्प, निर्माण र सञ्चालनमा प्रक्रियाहरूलाई स्वचालित गर्नका लागि डिजिटिकरणमाथि ध्यान केन्द्रित गरिए विशाल परियोजनाहरू किफायती दरमा समयमा पूरा हुने सुनिश्चित गर्दछ। बुनियादी पूर्वाधार विकासको निम्ति स्वच्छ ऊर्जा अनि हरित पहलले यस क्षेत्रको विकासलाई अघि धकेल्दैछ। यसका अतिरिक्त, नविनतम प्रविधि अनि च्यसको चालको एकिकरणले देशमा भविष्यको बुनियादी पूर्वाधारको विकासमा योगदान दिन पनि सघाउ पुऱ्याउनेछ।

मानव बस्ती क्षेत्रमा प्रवेशको स्तरलाई ध्यानमा राख्दै सडक परिवहनलाई माल ढुवानी र यात्री दुवैका लागि परिवहनको सबैभन्दा बढी किफायती र विश्वसनीय साधान मानिन्छ। यसै गरी देशको आर्थिक विकास र सामाजिक एकिकरणको निम्ति यो महत्त्वपूर्ण छ। सडक परिवहन भारतको परिवहन क्षेत्रमा प्रमुख खण्डको रूपमा उदाएको छ। देशमा सडक परिवहन क्षेत्रमा करिब 87 प्रतिशत यात्री यातायात र 60 प्रतिशत माल यातायात छ। सहज उपलब्धता, व्यक्तिगत आवश्यकताका अनुकूल र खर्चमा बचत यसका केही कारक हुन् जुन सडक परिवहनको पक्षमा छ। सडक परिवहन, रेलवे, पानी जहाज र हवाई यातायातका लागि  यसले फीडरको रूपमा पनि काम गर्दछ। यस क्षेत्रको विकाससँगै असल सडक बुनियादी पूर्वाधारका साथ अर्थव्यवस्थामा सकारात्मक उछाल आउनेछ।

भारतीय निर्माण क्षेत्रले विदेशी डेभेलपर्सको निम्ति धेरै आकर्षक प्रस्ताव पेश गर्दछ। भारतको बुनियादी पूर्वाधारको परिदृश्यको मार्गचित्र सबै प्रकारको निर्माण उपकरण प्रदाताका लागि अवसरहरू अरू व्यापक रूपमा आशाजनक देखिन्छ। भारतको विकास कथाको बुनियादी पूर्वाधार विकाससँग गहिरो सम्बन्ध छ। यस सकारात्मकताले सबै विकास क्षेत्रलाई प्रभावित गर्दछ। निर्धारित लक्ष्य पूरा गर्नका लागि यसलाई सुनिश्चित गर्न आवश्यक छ। सडक परिवहन र राजमार्ग मन्त्रालय विकास साथै आर्थिक विकासको नयाँ अध्याय लेख्न प्रतिबद्ध छ। यस सकारात्मकताले विकासको सबै क्षेत्रलाई प्रभावित गर्नेछ। (पीआइबी)

 

जेनरल (डा.) भीके सिंह

Leave a Reply

Your email address will not be published.