न्यूयार्क, 31 मई। संयुक्त राष्ट्र संघको निगरानी र विश्लेषण टीमको 13औं रिपोर्ट भारतको निम्ति आश्चर्यचकित गर्नेछ। यस रिपोर्टमा दाबी गरिएको छ, भारत अलकायदाको सहयोगी र अफगानिस्तानमा सक्रिय आतङ्की समूह अल कायदा इन इण्डियन सबकन्टीनेन्ट (एक्यूआईएस) को निशानामा छ।
संयुक्त राष्ट्रको रिपोर्ट अनुसार, एक्यूआईएसले धेरै अधिक चर्चाबिना अफगानिस्तानमा आफ्नो गतिविधिहरू तीव्र गरेको छ। यस समय यस समूहसित लगभग 400 आतङ्की जोड़िएको जानकारी रिपोर्टमा दिइएको छ। यी आतङ्कीहरूमा अफगानिस्तान बाहेक पाकिस्तान, म्यान्मार, बांग्लादेशका साथै भारतका नागरिक पनि सामेल छन्। यो आतङ्की समूह अहिले अफगानिस्तानको गजनी, हेलमन्द, कन्धार, निमरूज, पकतिका, जबुल राज्यहरूमा सक्रिय छ। यस समूहले अब आफ्नो नजर भारतमाथि लगाएको छ। रिपोर्टले यसको आधार एक्यूआईएसद्वारा आफ्नो पत्रिकाको नाम बदली गर्नुलाई बताएको छ।
यस मुताबिक, अहिलेसम्म यस समूहको पत्रिकाको नाम ‘नवा-ए-अफगान जिहाद’ थियो। तब यस समूहले अफगानिस्तानको निम्ति जेहादलाई आफ्नो लक्ष्य बनाएर काम गरिरहेको थियो। अब समूहले आफ्नो पत्रिकाको नाम बदली गरी ‘नवा-ए-गजवा-ए-हिंद’ गरेको छ। यसबाट स्पष्ट छ, यो आतङ्की समूह अब भारतमा गतिवधिहरू बढ़ाएर गजवा-ए-हिन्दको लक्ष्यको प्राप्तिको निम्ति लड़ाई लड्न चाहन्छ। पत्रिकाको नाममा जोड़िएको गजवा-ए-हिन्द आतङ्कीहरू र कट्टरपन्थी समूहहरूको भारतप्रति आक्रामक सोचलाई दर्शाउँछ। इस्लामी कट्टरपन्थी समूहलाई लाग्छ, समग्र भारतीय उपमहाद्वीपमा कब्जा गरी गजवा-ए-हिन्दको स्थापना हुनेछ। यसको निम्ति आतङ्की मुखियाले गजवा-ए-हिन्दको उल्लेख गरी मुसलमानहरूलाई भारत विरूद्ध आतङ्की हमलाहरूमा प्रयोग गर्छ। यसैले संयुक्त राष्ट्रको रिपोर्टमा यस आतङ्की संगठनलाई भारत विरूद्ध मानिएको छ।