जीएसटी मानदण्ड अनुपालन सुनिश्चित गर्न अभियान शुरू

जीएसटी मानदण्ड अनुपालन सुनिश्चित गर्न अभियान शुरू

Spread the love

गान्तोक, 26 मई। पर्यटन एवं नागरिक उड्डयन विभागले जीएसटी मानदण्डको अनुपालनबारे होटल सञ्चालकहरूमा सचेतनाको निम्ति अभियान शुरू गरेको छ। वित्त विभागको वाणिज्य कर प्रभागले यस सम्बन्धमा अगावै अधिसूचना जारी गरेको थियो। कोविड-19 मामिलाहरूमा ह्रास र टीकाकरणपछि राज्यमा पर्यटकहरूको आगमन निकै बढ़ेर गएको छ।

कोविड-19 महामारी र लकडाउनका कारण 2020-21 र 2021-22 खेर गएको थियो। यस कारण सरकारले आफ्नो जीएसटी राजस्व प्राप्त गर्न पर्यटन विभागले यो अभियान शुरूवात गरेको हो। यस कार्यका लागि विभिन्न टीमहरू गठन गरिएको छ, जसले राज्यका विभिन्न होटलहरूमा गएर जीएसटी मानदण्डहरूको अनुपालन सुनिश्चित गरिरहेका छन्।

विभागले पर्यटकहरूको बढ्दो आगमन अनुरुप राज्यको जीएसटी राजस्वमा पनि महत्वपूर्ण उछाल देखिने आशा व्यक्त गरेको छ। विभागका अतिरिक्त मुख्य सचिव जीपी उपाध्यायले व्यक्तिगत रूपमा यस अभियानको देखरेख गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published.