गान्तोक, 19 मई। पूर्व मुख्यमन्त्री सञ्चमान लिम्बूले आफू शिक्षा मन्त्रीको पदमा रहँदा शिक्षाको क्षेत्रमा योगदान पुऱ्याएकै कारण राज्य सरकारले उनको नाममा गेजिङ सरकारी डिग्री कलेजको नामाकरण गरिदिएको होला भन्ने सुखिम याक्थुङ साप्सोक साञ्चुम्बोका महासचिव सन्तोष लिम्बूले बताएका छन्। राजधानी गान्तोक स्थित जर्नलिस्ट युनियन अफ सिक्किम (जेयूएस)को सम्मेलन कक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव सन्तोस सुब्बाले भने, पूर्व मुख्यमन्त्री सञ्चमान लिम्बू साल 1984 देखि लगातार दुई पल्ट सिक्किम सरकारमा मन्त्री रहेका थिए। उनी एउटा कार्यकालमा स्वास्थ्य मन्त्री बनेका थिए भने अर्को कार्यकालमा शिक्षा मन्त्री बनेका थिए। त्यसै समय उनले शिक्षाको क्षेत्रमा धेरै योगदान दिएको हुनसक्छ भन्दै राज्य सरकारले यसलाई ध्यानमा राखेर नै कलेजको नाम पूर्व मुख्यमन्त्रीको नाममा राखिदिने निर्णय लिएको होला भने।
महासचिव लिम्बूले गेजिङ सरकारी महाविद्यालय पूर्व मुख्यमन्त्री स्व. सञ्चमान लिम्बूको नाममा राखिदिएकोमा धन्यवाद दिएका छन्।अर्कोतिर सुखिम याक्थुङ साप्सोक साङचुम्बोका अध्यक्ष चन्दन सिंह लिम्बूले लिम्बू जनजातीय सङ्गठनहरूको तर्फबाट सिक्किमका मुख्यन्त्री लगायत राज्य सरकारलाई धन्यवाद दिएका छन्। उनले भनेका छन् राज्य सरकाले यो निर्णय लिएर लिम्बू जातिलाई न्याय दिएको छ। उनले जानकारी दिए अनुसार लिम्बू समुदायका सबै सङ्गठनहरूले सरकारको यस निर्णय प्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएको पनि बताए। यस अवसरमा याक्थुङ साप्सोक साप्लोन चुम्बोका अध्यक्ष राजु लिम्बू, सदस्य प्रेम कुमार सुब्बा आनि सनबीर सुब्बा पनि उपस्थित थिए।