स्वामी अधोक्षजानन्द देवतीर्थजी महाराजको चार दिवसीय सिक्किम भ्रमण सम्पन्न

Spread the love

गान्तोक, 05 जुलाई। गोवर्धन पीठका परमपावन जगदगुरू शंकराचार्य स्वामी श्री अधोक्षजानन्द देवतीर्थजी महाराजको चार दिवसीय सिक्किम भ्रमण सम्पन्न भयो। 1 जुलाईका दिन सिक्किम आइपुगेका शंकराचार्यले आफ्नो भ्रमण अवधि राज्यका विभिन्न स्थलहरूको भ्रमण गरी स्थानीय सनातनी सम्प्रदायहरूसित दर्शनभेट गरेका छन्।

यस क्रममा 2 जुलाईको दिन उनले दक्षिण सिक्किमको लेगशेपस्थित किरातेश्वर मन्दिरको भ्रमण गरे। यस अवसरमा उनले किरातेश्वर मन्दिरमा विधिपूर्वक पूजा अर्चना तथा जलाभिषेक गर्नका स्थानीय सनातनी धर्मावलम्बीहरूलाई दर्शनभेट तथा प्रवचन दिए।

यसै गरी 3 जुलाईको दिन उनले नथुला घाटी, छाङ्गु पोखरी अनि बाबा धामको भ्रमण गरे। यस क्रममा उनले भारतीय सेना तथा स्थानीयवासीसित अन्तर्क्रिया गरे। यसरी नै गान्तोक फर्किने क्रममा 4 माइलस्थित क्योङ्नोस्ला जीपीयूमा स्थानीय भक्तजनसित परम्पराअनुसार दर्शनभेट गरी आशीर्वाद दिएका थिए।

यसरी नै 3 जुलाईको बेलुकी गान्तोकको ठाकुरवाड़ी मन्दिरमा गान्तोक सनातनी समितिद्वारा आयोजित एक आध्यात्मिक कार्यक्रमबीच गान्तोक वरिपरिका सनातनी भक्तजनहरूले स्वामीजीको दर्शन गर्नका साथै आशीर्वचन ग्रहण गरे।

उपस्थित सनातनी भक्तजनलाई सम्बोधन गर्दै परमपावन स्वामीजीले सनातनी धर्मवालम्बीहरूलाई आफ्नो धर्मप्रति आस्था राख्ने, विश्वास गर्ने र धर्मको मान प्रतिष्ठा राखेर यसको संरक्षण र सम्वर्द्धन गर्ने कुरामा जोर दिए। यस अवसरमा धर्मावलम्बीहरूले स्वामीजीका साथै आदिगुरू शंकराचार्यको 2500 साल पुरानो पादुकाको पनि दर्शन गरेका थिए। उनी 4 जुलाईका दिन सिक्किमबाट फर्किएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *