राज्य दिवस भलिबल प्रतियोगिता: दरामदिन भलिबल क्लब विजयी

Spread the love

नाम्ची, 16 मई। दक्षिण सिक्किमअन्तर्गत सुमबुकमा आज 47औं राज्य दिवस अन्तर सिक्किम भलिबल प्रतियाेगिताकाे फाइनल खेल सम्पन्न भयाे। स्थानीय युवाहरूले आयाेजना गरेकाे यस प्रतियाेगिताकाे विषय “ड्रग्समुक्त सिक्किम” रहेकाे छ। आजको कार्यक्रममा मल्ली समष्टिका विधायक फर्वन्ती तामाङ मुख्य अतिथि रहेकी थिइन्। कार्यक्रमकाे मुख्य आकर्षणकाे रूपमा रहेकाे यस प्रतियाेगिताकाे फाइनल खेलमा तिमी-तार्कुलाई दरामदिन भलिबल कल्ब एले पराजित गर्याे।

कार्यक्रममा सम्बाेधन गर्दै विधायक तामाङले सिक्किम भारतमा सामेल भएपछि सिक्किममा प्रजातान्त्रिक काम भइरहेकाे बताइन्। देशलाई सर्वश्रेष्ठ देश बनाउन माेदी सरकारले धेरै काम गरिरहेकाे उल्लेख गर्दै उनले काेराेनाकालमा पनि भारत सरकारले राम्राे काम गरेकाे बताइन्। गाउँकाे विकास कार्यमा युवाहरूलाई व्यक्तिगत फाइदा नलिइदिने अनुराेध गर्दै केन्द्र र राज्य सरकारका विभिन्न याेजनाहरू विषय प्रकाश पारिन्।

यस क्रममा एसकेएम पार्टीकाे मल्ली समष्टिका प्रभारी एवं आयोजक समितिका प्रमुख संरक्षक तिलक बस्नेतले भारतकाे 22औं राज्य भएपछि मात्र सिक्किमले राजशासनका क्रुर नीतिबाट छुट्कारा पाएकाे बताए। त्यसैले 16 मई सिक्किम र सिक्किमे जनतकाे लागि खुशीकाे दिन रहेकाे उल्लेख गरे।

उनले खेलप्रति एसकेएम सरकारकाे सकारात्मक विचार भएकाे कारण झिनाे राजनीतिलाई पर सारेर भाइचुङ स्टेडियमकाे निर्माण कार्यलाई पूर्ण गरिएकाे बताए। मुख्यमन्त्री पीएस गाेलेले सिक्किममा खेललाई विकसित गर्ने निर्णय लिइसकेकाे अवगत गराउँदै उनले सुम्बुकमा सार्वजनिक खेल मैदान निर्माण हुन गइरहेकाे पनि जानकारी गराए। गरिबलाई न्याय दिने इच्छाशक्ति भएकाे कारण मुख्यमन्त्री पीएस गाेले महापुरूष रहेकाे विचार उनले प्रकट गरे।

कार्यक्रममा साँस्कृतिक नृत्य, गीत, नाटक, ग्रामिण खेलकुद आदि पनि भएकाे थियाे। यस अवसरमा एसकेएम पार्टीकाे दक्षिण जिल्ला युवा संयाेजक वसन्त याेञ्जन, सीएलसी अध्यक्ष दिलकुमारी छेत्री आदिकाे पनि उपस्थिति रहेकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *