भारतले गर्नेछ स्टार्टअप पारिस्थितिकी तन्त्र तालमेललाई बलियो बनाउनको निम्ति वैश्विक संयोजन

Spread the love

भारतको जी20 अध्यक्षता अन्तर्गत नवगठित स्टार्टअप20 संलग्न समूहको दोस्रो बैठक 18 अनि 19 मार्च, 2023 -को दिन सिक्किमको राजधानी गान्तोकमा सम्पन्न हुन गइरहेको छ। बैठकमा जी20 सदस्य तथा आमन्त्रित देशका प्रतिनिधिगण, बहुपक्षीय संगठनका प्रतिनिधिगण साथै भारतीय स्टार्टअप पारिस्थितीतन्त्रबाट हितधारकहरूलाई आमन्त्रण गरिएको छ।

स्टार्टअप20 का अध्यक्ष डा. चिन्तन वैश्णवले जनाए अनुसार सिक्किम सभाले स्टार्टअपको क्षेत्रलाई भारतको उत्तरपूर्वमा ल्याउन तथा यसको अनौठो तथा बढ्दो पारिस्थितिकी तन्त्रलाई प्रदर्शित गर्ने एउटा अनौठो अवसर प्रदान गर्नेछ।
सिक्किम सभाले गत 28 अनि 29 जनवरी, 2023 मा हैदराबादमा आयोजित प्रारम्भिक बैठकको अवधि तय गरिएको एजेण्डालाई सबै उपस्थित प्रतिनिधिहरूको समर्थनमा अघि बढ़ाउनेछ। प्रारम्भिक बैठकको अवधि सबै प्रतिनिधिहरूको सुझाउलाई सामेल गर्नको निम्ति तीन कार्यबल अर्थात् स्थापना एवं गठबन्धन, वित्त अनि समावेशन एवं स्थिरताको उद्देश्य अनि परिणाम सुनिश्चितता माथि पुनः कार्य गरिएको छ।

आधार एवं गठबन्धन कार्यबलले सर्वसम्मति आधारित परिभाषाहरूको माध्यमबाट वैश्विक स्टार्टअप इकोसिस्टमलाई सुसंगत बनाउनको निम्ति काम गर्नेछ। यो स्टार्टअप्सको लागि एउटा वैश्विक ज्ञान भण्डार/केन्द्र स्थापित गर्नेछ जसले जी20 देशहरूबीच सर्वोत्तम प्रथाहरूलाई प्रदर्शन एवं साझा गर्नेछ। कार्यबलले सरकार, नीति निर्माताहरू, शैक्षणिक तथा अनुसन्धान संस्थानहरू, उद्योग संघ तथा अन्तर्राष्ट्रिय संगठनहरूका साथ स्टार्टअपसित द्विपक्षीय एवं बहुपक्षीय सहयोगलाई स्थापित गर्नेछ जो एसडीजीमाथि केन्द्रित रहनेछ। अन्तमा यसले जी20 देशहरूमा काम गर्ने स्टार्टअप्सको लागि बजार तथा प्रतिभाहरूसम्म वैश्विक पहुँचको लागि तन्त्र तयार गर्नका साथै स्टार्टअप्ससित काम गर्नको निम्ति उद्यमीहरू अनि सरकारी संगठनहरूको लागि सहायक नीतिलाई सिफारिस गर्नेछ।

वित्तीय कार्यबलको उद्देश्य स्टार्टअप्सको लागि उपलब्ध वित्तीय साधनहरूको श्रेणीलाई व्यापक बनाउनको लागि विशेष रूपले वित्तपोषण अनि निवेशको मञ्च प्रदान गरेर स्टार्टअप्सको लागि पुँजीसम्म पहुँचलाई बढ़ाउनु रहेको छ। यसले गैर-इक्विटी आधारित वित्तीय उत्पादहरूको माध्यमबाट समयमा पहुँचका साथै स्थिर पुँजीको दिशामा सहजता प्रदान गर्नेछ साथै प्राथमिकताका क्षेत्रहरूलाई एक विशिष्ट राशि आवण्टन गर्नेछ। कार्यबलले स्टार्टअप वित्तपोषणमा सार्वजनिक निवेशलाई प्रोत्साहन गर्नका साथै जी20 देशहरूको विदेशी निवेशक पारिस्थितिकी तन्त्रका साथ बातचीत गर्नको निम्ति कर तथा कानूनी नियमहरूमा पनि सामञ्जस्य स्थापित गर्नेछ। अन्तमा यसले स्टार्टअप निवेशहरूमाथि सर्वोत्तम प्रथाहरूको दस्तावेजका माध्यमबाट वैश्विक निवेशक समुदायका साथ स्टार्टअप्सको लागि पिचिङ, क्षमता निर्माण तथा नेटवर्किङको अवसरहरू पैदा गर्नेछ।
यसै गरी समावेशन तथा स्थिरता कार्यबलले महिलाहरू, पीडब्ल्युडीहरू, एलजीबीटीक्यू+, अल्पसंख्यक तथा अन्य समूहद्वारा नेतृत्वाधीन स्टार्टअप्स / उद्यमीहरूको विशिष्ट आवश्यकताहरूलाई चिन्हित गर्नेछ अनि बजार, वित्तीय संसाधन, प्रशिक्षण एवं सरकारी योजनाहरूसम्म पहुँचको माध्यमबाट उनीहरूको समर्थन गर्नेछ अनि प्रौद्योगिकी (जस्तै सहायक तक्नीक) को आधारमा विश्वलाई अझ अधिक समावेशी बनाउने दिशामा काम गर्ने स्टार्टअपहरूलाई बढ़ावा दिनेछ। कार्यबलले केन्द्रित निवेश, इन्क्यूबेशन एवं मेन्टरशीप सपोर्ट, क्रस-मार्केट एक्सेस, सक्षम नियामक तन्त्र आदिको मामिलामा एसडीजीको दिशामा काम गरिरहेका स्टार्टअप्सलाई बढावा/सहयोग पनि गर्नेछ अनि स्टार्टअप्सलाई उनीहरूको दीर्घकालिक लाभप्रदताको लागि स्थायी व्यवसाय मोडल अनुसरण गर्नको लागि प्रोत्साहन गर्नेछ।
सिक्किम सभामा स्टार्टअप20 वचनबन्ध समूहका कार्यबल सदस्यहरूले (जी20 देशहरूका प्रतिनिधिहरू सामेल) आधिकारिक नीति परिपत्र जारी गर्न अघि मसौदाहरूमाथि चर्चा अनि विचार-विमर्श गर्नेछन्। यो आयोजनमा विभिन्न प्रकारका अतिरिक्त कार्यक्रमहरू, स्टार्टअप 20एक्स कार्यक्रम, एमजी मार्गमा स्टार्टअप्स प्रदर्शनी अनि प्रतिनिधिहरूको रूम्तेक गुम्बाको भ्रमण समावेश रहेको छ।
नीति परिपत्रको पहिलो मसौदामाथि आगामी महिनामा अन्य सम्बन्धित कार्यक्रमहरूको अवधि कार्य तथा पुनर्विचार गरिनेछ जसलाई स्टार्टअप20 द्वारा आयोजन गरिनेछ। स्टार्टअप20 –को अपेक्षित परिणाम आधिकारिक नीति परिपत्र, सामान्यतः स्वीकृत परिभाषाहरू एवं शब्दावलीको संग्रहका साथ एउटा स्टार्टअफ हेण्डबुक, सीमापार सहयोगलाई बढ़ावा दिनको लागि एउटा ग्लोबल इनोवेशन सेण्टर, अनि स्टार्टअप20-लाई विश्वभरिमा स्टार्टअप इकोसिस्टमको सम्पर्कको वैश्विक विन्दूको रूपमा बढ़ावा दिनु रहेको छ। (पीआईबी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *