श्रीलंका: नयाँ प्रधानमन्त्रीले आगामी कठिन महिनाका लागि तयार रहन अपील गरे
दिल्ली, 17 मई। छिमेकी देश श्रीलंकाको आर्थिक स्थिति दिनदिनै अझ खराब बन्दै गइरहेको छ। श्रीलंकामा एक दिनको निम्ति मात्र पेट्रोलको स्टक बाचेको छ। यस्तो स्थितिमा श्रीलंकाका नयॉं प्रधानमन्त्री रानिल विक्रमसिंघेले देशका नागरिकहरूलाई आगामी केही महिना कठिन परिस्थितिहरूको सामना गर्न तयार रहने अपील गरेका छन्। उनले आगामी केही महिना देशको निम्ति एकदमै संकटपूर्ण रहेको बताएका छन्।
श्रीलंकाका नयॉं प्रधानमन्त्रीले आफ्नो एक टेलीभिजन सम्बोधनमा देशका नागरिकहरूलाई भने, देशले अहिलेसम्म गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ। देशमा पेट्रोलको एक दिनको स्टक मात्र बाचेको छ। कर्मचारीहरूलाई वेतन दिन धन छैन। यस्तो स्थितिमा सरकारी स्वामित्व रहेको श्रीलंका एयरलाइन्सको निजीकरण गर्न सकिने छ।
कोरोना महामारीले ध्वस्त भएको श्रीलंकाको पर्यटन उद्योग, आर्थिक बोज, अन्तरराष्ट्रिय बजारमा उर्जाको दामले छोइरहेको आकाश र राजपक्षे सरकारको लोकलुभावन कर कटौतीले यस द्वीपीय राष्ट्रको अर्थव्यवस्था लथालिङ्गै भएको छ।
उक्त परिस्थितिहरूका कारण स्थानीय जनतामा व्यापक असन्तोषको माहोल र देशमा ठाउॅं-ठाउॅंमा हिंसक प्रदर्शन भएको छ।