सोनादामा दार्जीलिङ जिल्ला केन्द्रिय सहकारी ब्याङ्कको चौधौं शाखाको उद्धाटन

सोनादामा दार्जीलिङ जिल्ला केन्द्रिय सहकारी ब्याङ्कको चौधौं शाखाको उद्धाटन

Spread the love

सोनादा, 23 मई । कृषकहरू एवं निम्न वर्गीय जनमानसको जीवनस्तरलाई सुधार गर्नको निम्ति दार्जीलिङ जिल्लामा नवौं वा पहाडमा चौधौं शाखाको रूपमा सोनादामा दार्जीलिङ जिल्ला केन्द्रिय सहकारी ब्याङ्कको शाखा उद्घाटन गरियो। उदघाटन कार्यक्रम आरपी निरौलाको सभापतित्व र डीआरसीएस दार्जीलिङ रेन्ज ममता सुब्बाको मुख्य आतिथ्यमा सम्पन्न भयो।

सोनादा पेट्रोल पम्प चौकी डाँडामा नवनिर्मित दार्जीलिङ जिल्ला केन्द्रिय सहकारी ब्याङ्क विशेष रूपमा कृषक अनि कमानबस्तीका मानिसहरुको जीवनस्तरलाई उन्नत तुल्याउनको निम्ति र सजिलै ब्याङ्क खाता खोल्न सकिने कुरा वक्ताहरुले बताए। यो शाखा दार्जीलिङ अनि कालेबुङ जिल्लामा चौधौं शाखा रहेको पनि बताइएको छ। यस ब्याङ्कका खाता धारकहरूले अन्य वाणिज्य ब्याङ्कहरुभन्दा कम्ती ब्याज दरमा सजिलै ॠण प्राप्त गर्न सकिने, पाँच प्रतिशतको दरले कृषकहरुले जस्तै माछापालन, वागवानी आदि जस्ता उद्योगहरूको सञ्चालन गर्न सोसाइटीको माध्यमद्वारा ॠण प्राप्त गर्न सकिने बताइयो।

Leave a Reply

Your email address will not be published.