एसकेएम पार्टीले 4 मईको दिन प्रतिवाद शान्ति जुलुस आयोजन गर्ने

एसकेएम पार्टीले 4 मईको दिन प्रतिवाद शान्ति जुलुस आयोजन गर्ने

Spread the love

गान्तोक, 02 मई । सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको राज्य स्तरीय युवा कार्याकारिणीको आकस्मिक समन्वय सभा सोमवार देउरालीस्थित स्थानीय एउटा होटलमा सम्पन्न भयो। सभालाई पार्टीको सेक्रेटेरी जेनरल तथा मन्त्री अरुण उप्रेतीले अध्यक्षता गरेका थिए। सभाको मुख्य उद्देश्य एसकेएम पार्टीद्वारा 4 मईको दिन आयोजना गरिने प्रतिवाद शान्ति जुलुसलाई सफल बनाउन चर्चा गर्नु रहेको बताइएको छ। एसकेएमले विपक्षी एसडीएफमाथि राज्यको शान्ति श्रृंखला भङ्ग गर्न सक्रिय बनेर राज्य विरोधी र समाज विरोधी क्रियाकलाप गरिरहेको आरोप लगाउॅंदै यसको विरोधमा प्रतिवाद शान्ति जुलुस निकालिने प्रेस विज्ञप्तिमा बताइएको छ।

सभामा एसकेएम युवा प्रकोष्ठ संयोजक सहदेव शर्माले एसकेएम पार्टीले अहिंसाको बाटो अप्नाएर एउटा ढुङ्गासमेत नहानी सत्तामा पुग्न सफल बनेको बताए। उनले विपक्षी एसडीएफमाथि केही दिनदेखि राज्यको शान्ति श्रृंखला भंग गर्न अनेकौं हत्कण्डा अप्नाएको आरोप लगाए। यस विरूद्ध एसकेएमले प्रतिवाद जुलुस आयोजना गरिरहेको बताउॅंदै उनले युवाहरूलाई सक्रिय रूपमा सहभागिता जनाउन आह्वान गरे।

उनले सोरेङमा दिउॅंसै अन्धाधुन्ध फाइरिङ गरेर एसडीएफ पार्टीले आफ्नो 25 वर्षको असली रूप देखाएको आरोप लगाए। पूर्व मुख्यमन्त्री पवन चामलिङको छत्रछायामा मुख्यमन्त्रीलगायत उनको परिवार, मन्त्री र उनको परिवार र नानीहरूलाई बद्नाम गर्ने प्रयासको खुलासा भइसकेको पनि उनले दाबी गरे। एसकेएमले एसडीएफ पार्टीको यस्तो क्रियाकलापहरूकै विरोधमा आगामी 4 मईको दिन प्रतिवाद जुलु आयोजना गरिरहेको उनले बताए।

सभामा छवटै जिल्लाका जिल्ला स्तरीय कार्यकारी, समष्टि स्तरीय कार्यकारी, विभिन्न विभागका सल्लाहकार र अध्यक्षहरू पनि उपस्थित रहेको बताइएको छ।-हिस

Leave a Reply

Your email address will not be published.