एसकेएम सोशियल मिडिया र प्रचार प्रसार शाखाको बैठक सम्पन्न

एसकेएम सोशियल मिडिया र प्रचार प्रसार शाखाको बैठक सम्पन्न

Spread the love

गान्तोक, 23 मई । सिक्किम क्रान्तिकारी मोचा पार्टीको सोशियल मिडिया तथा प्रचार प्रसार शाखाको एक बैठक आज डीपीएचस्थित जनता भवनमा सम्पन्न भयो। बैठक आयोजन गर्नुको मुख्य उद्देश्य आगामी 27 मईको दिन एसकेएम पार्टीले सरकार गठन गरेको तीन वर्ष पुगेको अवसरमा के कस्ता कार्यक्रम प्रचार शाखाले गर्नु पर्ने भन्ने विषयमा चर्चा गर्नु रहेको बताइएको छ।

पार्टी प्रवक्ता एवं मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माको अध्यक्षतामा आयोजित बैठक पार्टीको प्रचार प्रसार उपाध्यक्ष प्रभारी बिरेन्द्र तामलिङ, सोशियल मिडिया शाखा प्रभारी नवराज गुरूङ, प्रचार प्रसार प्रमुख समन्वयक एवं मुख्यमन्त्रीका प्रेस सचिव बिकास बस्नेत तथा अन्यहरू उपस्थित थिए।

पार्टीको प्रचार प्रसार शाखालाई अझ बलियो बनाउॅंदै सरकारले गरेका उपलब्धीहरूको प्रचार व्यापक रूपमा गर्नुपर्ने प्रमुख समन्वयक बिकास बस्नेतले आग्रह गरे। उपाध्यक्ष प्रभारी बिरेन्द्र तामलिङले सबै निर्वाचन क्षेत्रका सोशियल मिडिया कर्मीहरूले राम्रो काम गरिरहेको बताउॅंदै आगामी दिनहरूमा पनि सरकारले गरेका सबै कार्यक्रम जनतामा पुऱ्याउने कोशिश गर्नुपर्ने बताए।

यसरी नै सोशियल मिडिया प्रभारी नवराज गुरूङले कुनै पनि कामलाई विपक्षी अथवा पार्टी र सरकारलाई मन नपराउनेहरूले आलोचना गरिरहेका हुन्छन्, तर सोशियल मिडिया कर्मीहरूले त्यस्ता विकासीय कार्यहरूलाई सकारात्मक रूपमा जनतालाई बताउनु पर्ने बताए। प्रवक्ता सीपी शर्माले आगामी 27 मईको कार्यक्रमबारे अवगत गराए। सरकारले आफ्नो तर्फबाट कार्यक्रम गर्नेछ, तर पार्टीले सबै समष्टिमा कार्यक्रम गर्न सक्ने बताए।-हिस

Leave a Reply

Your email address will not be published.