विभिन्न आरोपको साथ विपक्षी विरुद्ध सत्तारूढ़ पार्टी सड़कमा

विभिन्न आरोपको साथ विपक्षी विरुद्ध सत्तारूढ़ पार्टी सड़कमा

Spread the love

गान्तोक, 04 मई। सिक्किमको प्रमुख विपक्षी पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले विभिन्न हथकाण्डा अपनाएर राज्यमा नारीहरूलाई बदनाम गर्ने प्रयास गरिरहेको अनि आफ्ना माध्यमबाट राज्यमा अशान्ति फैलाईरहेको आरोप लगाउँदै सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले बुधबार गान्तोकमा एउटा प्रतिबाद जुलुस आयोजन गऱ्यो।

तादोङको कन्वे ग्राउण्डबाट बिहान 11 बजी शुरू भएको जुलुस राष्ट्रिय राजमार्ग 10-को इन्दिरा बाइपास, देउराली, गान्तोक बजार र अस्पताल डाँड़ा हुँदै जीरो पोइण्टमा पुगेर समापन भएको थियो। एसकेएम पार्टीको नारी शक्तिद्वारा आयोजित जुलुसमा राज्यको 6-वटै जिल्लाबाट पार्टी समर्थकहरूको सहभागिता रहेको थियो।

जुलुस अवधि यसमा सहभागी बनेका एसकेएम समर्थकहरूले विभिन्न प्ला कार्डमा लेखेका नाराहरूको प्रदर्शन गर्न सितै पार्टी नेताको पक्षमा नाराबाजी गरे।

जुलुस समापन हुन अघि एसकेएम पार्टीका प्रवक्ता तथा प्रचार प्रसार शाखाका महासचिव विकास बस्नेत, युवा नेता सहदेव शर्मा र नारी शक्तिकी अध्यक्ष कला राईले जुलुसमा सहभागी पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गेर।

आफ्नो सम्बोधनको क्रममा प्रवक्ता विकास बस्नेतले एसडीएफ पार्टीमाथि विभिन्न आरोप लगाउँदै पवन चामलिङको दिशा निर्देशनमा एसडीएफले राज्यमा अशान्ति मच्चाउने काम गरिरहेको दाबी गरे। उनले एसकेएम पार्टी कार्यकर्ताहरूलाई एसडीएफद्वारा गरिएका कुनैपनि कार्यको शान्तिपूर्ण प्रतिक्रिया गर्न र शोसल मीडियाको माध्यमबाट प्रतिबाद जनाउन आग्रह गरे।

पार्टीकी नारीशक्ति अध्यक्ष कला राईले एसडीएफमाथि अन्य मानिसहरूको साहरा लिएर राज्यका नारीहरूलाई बदनाम गर्ने काम गरिरहेक आरोप लगाउँदै नारीहरूको अस्मिताको सुरक्षाका लागि प्रतिवाद जुलुस आयोजन गरिएको बताइन्। उनले नारी शक्तिलाई महिलाहरूलाई बदनाम गराउने कुनै पनि प्रकारका गतिविधिको डटेर विरोध गर्न आग्रह गरिन्।

 

Leave a Reply

Your email address will not be published.