सिक्किम विश्वविद्यालयले आजादी का अमृत महोत्सव समापन समारोह ‘मेरी माटी मेरा देश’ पालन गर्यो

Spread the love

डा. राजकुमार रञ्जन सिंहले सबै नागरिकलाई आगामी पाँच वर्षमा भारतलाई तेस्रो सबैभन्दा ठूलो वैश्विक अर्थव्यवस्था बनाउन प्रधानमन्त्रीको स्पष्ट आह्वानलाई पालना गर्न आह्वान गरे
गान्तोक, 31 अगस्त 2023ः
विद्या भारती सिक्किम र सिक्किम वीर गोर्खा भूतपूर्व सैनिक कल्याण सङ्घको सहयोगमा सिक्किम विश्वविद्यालयको मेरी माटी मेरा देश, आजादी का अमृत महोत्सवको समापन समारोह आज चिन्तन भवन, गान्तोकमा आयोजन गरियो।

कार्यक्रममा केन्द्रीय शिक्षा तथा विदेश राज्य मन्त्री डा. राजकुमार रञ्जन सिंहका साथमा गणमान्य व्यक्तित्व र अतिथिहरू उपस्थित थिए। यो कार्यक्रमले भारतको स्वतन्त्रताको 75 वर्ष पूरा भएको 2.5 वर्ष लामो उत्सवको समापन तथा राष्ट्रको अर्को चरण अमृत कालको शुभारम्भलाई चिह्नित गरेको थियो।

यस अवसरमा बोल्दै डा. सिंहले स्वतन्त्रताको अमृ महोत्सवको महत्त्वमाथि प्रकाश पार्दै यसको उद्देश्य सन् 1947 मा ब्रिटिश औपनिवेशिक शासनबाट स्वतन्त्रता प्राप्त गरेदेखि पछिल्ला 75 वर्षमा भारतको उपलब्धि र प्रगतिको उत्सव मनाएको बताउँदै स्वतन्त्रता सङ्ग्रामका गुमनाम नायकहरूमाथि प्रकाश पार्न र उनीहरूलाई उचित पहिचान दिलाउने प्रयास रहेको बताए। उनले महिननौँ अनुसन्धानको बावजुद धेरै नायकहरू अज्ञात रहन सक्छन्, तर प्रयास आफैंमा महत्त्वपूर्ण रहेको यो पनि स्वीकार गरे।

आजादी का अमृत महोत्सवको समापन र अघिल्लो चरण अमृत कालको शुरुआतसँगै मन्त्रीले सबै नागरिकलाई भारतको स्वतन्त्रताको रक्षा गर्न र यसको सांस्कृतिक मूल्यमान्यता, वैज्ञानिक प्रगति, व्यापार, शिक्षा र परम्परागत ज्ञान प्रणालीलाई प्रवर्द्धन गर्न आह्वान गरे। उनले प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भारतलाई आगामी पाँच वर्षमा विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था बनाउने लक्ष्यमाथि प्रकाश पार्दै यो आकांक्षा हासिल गर्नका लागि एकता, दृढ सङ्कल्प, पर्यावरणीय चेतना र भ्रष्टाचारमुक्त अभ्यास गर्न आग्रह गरे।

डा. सिंहले भारतका सशस्त्र सेनाहरूप्रति गहिरो सम्मान तथा कृतज्ञता व्यक्त गरे, जसले असङ्ख्य खतराहरूको सामना गर्दै पनि देशका सिमानाहरूको रक्षा गरेको छ। उनले सर्वोच्च बलिदान दिनेहरूलाई सम्झना गर्ने महत्त्वमाथि जोड दिए तथा सैनिक र उनीहरूको परिवारको बहादुरीको प्रशंसा गरे।

एक व्यापक सिंहावलोकन प्रदान गर्दै भारत सरकारको संस्कृति मन्त्रालयमा ओएसडी – एकेएएमका उप निर्देशक डा. सञ्जय गर्गले एकेएएम वेबसाइटको माध्यमद्वारा दर्शकहरूलाई मार्गदर्शन गरे। उनले स्वतन्त्रता सङ्ग्रामको समयमा भारतका गुमनाम नायकहरूको कथा सुनाए, साथै यी कलाकृतिहरूलाई एकत्रित गर्दा सामना गर्नुपर्ने बाधाहरूमाथि पनि प्रकाश पारे, जसमध्ये धेरैलाई ब्रिटिशले आफ्नो औपनिवेशिक शासनकालमा जानीजानी नष्ट गरेका थिए।

आफ्नो सम्बोधनमा 17 माउन्टेन डिभिजन कमाण्डिङका डेपुटी जेनरल अफिसर कमाण्डिङ तथा सेना मेडल प्राप्त गरेका ब्रिगेडियर धनञ्जय पाल्सोकरले ती सैनिक र तिनका परिवारप्रति गहिरो सम्मान व्यक्त गरे, जसले हाम्रो माटी र हाम्रो देशको लागि सर्वोच्च बलिदान दिए

सिक्किम विश्वविद्यालयका उपकुलपति डा. अविनाश खरेले आफ्नो सम्बोधनमा यो संस्थान भोटिया, लेप्चा र लिम्बू भाषाहरूमा डक्टरेट तहसम्मका शैक्षिक कार्यक्रम उपलब्ध गराउने विश्वको एक मात्र विश्वविद्यालयको रूपमा रहेको बताए।

कार्यक्रममा केन्द्रीय राज्य मन्त्रीले दर्शकहरूलाई पञ्च प्राण प्रतिज्ञा गराए तथा र वीर नारीहरू, सर्वोच्च बदिलान दिने बहादुरहरूका परिवार, दिग्गज र सेवारत सैनिकहरूलाई पनि सम्मानित गरियो, जसले विभिन्न अवसरमा राष्ट्रलाई गौरवान्वित तुल्याए। (पीआईबी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *