Spread the love
गान्तोक, 19 मईः मृगौला रोगले ग्रसित पूर्व सिक्किमको तुमिन निवासी कविराज शर्माको उपचारको निम्ति सिक्किम पुलिसको 1988 ब्याचद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ।
सिक्किम पुलिसको 1988-को ब्याचका एक सदस्य गोपाल पाठकले बताएअनुसार यस ब्याचले विभिन्न प्रकारका सामाजिक कार्य गर्दै आइरहेको छ। यसै क्रममा 17 मईको दिन यस ब्याचका सदस्यहरूले कविराजकी धर्मपत्नी हिना शर्मासित सिलगढीमा भेट गरी सहयोगराशि हस्तान्तरण गरेको छ।