पूर्णाङ्क बजेट पूर्व 260492.75 लाख रुपियाँको लेखानुदान र रू. 96549.42 लाख रुपियाँको तेस्रो अनुपूरक अनुदान पारित

Spread the love

गान्तोक, 13 मार्च। सिक्किम विधानसभाको एक दिवसीय सत्रमा वित्त वर्ष 2023-34का निम्ति लेखानुदान र अनुपूरक अनुदान राशी सहित एउटा संशोधित विधेयक पारित गरिएको छ। विधानसभा अध्यक्ष अरुण कुमार उप्रेती द्वारा सञ्चालित सत्रमा मुख्यमन्त्री तथा वित्त विभाग का प्रभारी मन्त्री प्रेम सिंह तामङ (गोले)ले 260492.75 लाख रुपियाँको लेखानुदान (भोट अन अकाउण्ट) पारित गरेको छ। जानकारी अनुसार यो लेखानुदान सरकारी कर्मचारीहरूको वेतन अनि पेन्सन भोगिहरूलाई पेन्श्न भुक्तानको निम्ति प्रस्तावित गरिएको हो। लेखानुदान 2023-24 को पूर्ण बजटको बद्लिमा राखिएको हो।

मुख्यमन्त्री गोलेले भनेका छन् साना ठेकेदार, कर्मचारी र अन्य विकासगत कार्यहरूलाई बढ़ाउन आगामी पूर्णाङ्क बजटमा प्रस्ताव ल्याइनेछ। अहिले राज्य सरकारका प्राथमिकतालाई ध्यानमा राख्दै लेखानुदान पेश गरिएको हो।

सदनमा भारतीय जनता पार्टीका विधायक दलका नेता नरेन्द्र कुमार सुब्बाद्वारा उठाइएका विषयमा टिप्पणी गर्दै मुख्यन्त्रीले भने सरकारले विधानसभा सदस्यद्वारा उठाइएका विषयहरूलाई गम्भीरतासँग लिएको छ। वर्तमान सरकारले सबै क्षेत्रलाई ध्यानमा राख्दै अघि बढ़ाउने पहल गरेको छ। उनले भनेका छन् राज्य सरकार केन्द्रको निर्देश अनि निर्दिष्ट मापदण्डलाई ध्यानमा राख्दै ऋण लिने काम गरेको छ। यसका साथै लघु तथा लामो अवधीको ऋणको बोझ कम गर्ने दिशामा पनि काम गरेको बताए।

सिक्किम विधानसभा सत्र

अर्कोतिर उनले आजकै दिन विधानसभामा रू. 96549.42 लाखको तेस्रो अनुपूरक अनुदान राशी पेश गरेका छन्। यो अनुपूरक अनुदान राशी केन्द्रीय करको भाग परिचालन, विभिन्न विभागद्वारा परियोजनाको भुकतान, कर्मचारिहरूको वेतन, पाकिम अनि सोरेङ जिल्लामा जिला कार्यालय निर्माणको निम्ति भूमि अधिग्रहण तथा कार्यालय निर्माण, जी20 शिखर सम्मेलन आयोजित गर्ने सम्बन्धित विभिन्न कार्ययोजना र प्रचार प्रसारको निम्ति बिना कुनै बहसक पारित गरिएको हो।

अनुपूरक अनिदानमा विशेष गरेर सिक्किम सरकार अधिनस्थ कञ्चनजङ्घा राज्य विश्वविद्यालय निर्माणको निम्ति 10 करोड़ अनि खामदोङमा निर्माणहुने एनआईटीको भूमि अधिग्रहण गर्न 7 करोड़ 2 लाख रुपियाँ, सिक्किम सरकार द्वारा सञ्चालित सिक्किम गरीब आवास योजना (ग्रामीण) को दोस्रो चरणको निम्ति 4360000 हजार रुपियाँ, सिक्किम गरीब आवास योजना (शहरी) को निम्ति 120000 हजार रुपियाँ आवण्टन गरिएको छ। यसरी नै अनुपूरक अनुदान राशीमा राज्य खेल तथा युवा मामिला विभाग अन्तर्गत खेललाई प्रोत्साहन गर्दै सशक्त खेलकूद अनि विभागीय योजनाको शुरूवात गर्न 12 करोड़ 53 लाख रुपियाँ बजट आवण्टन गरिएको छ।  राज्यमा इको टुरिजमलाई बढ़ावा दिनको निम्ति राज्य सरकार द्वारा 10 करोड़ रुपियाँको बजट छुट्याइएको छ भने होम स्टे निर्माणको निम्ति सात करोड़ पचास लाख रुपियाँ बराबरको धनराशी आवण्टन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *