भाजपा सिक्किम अध्यक्ष चौहानले दिए राजीनामा, भाजपाले दियो शुभकामना

Spread the love

भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीबी चौहानले अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चौहानले आज (13 दिसम्बर) आफ्नो राजीनामा पत्र भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई प्रेषित गरेका छन्।

आफ्नो राजीनामा पत्रमा चौहानले आफ्नो कार्यकाल अवधि मार्गदर्शन, सुझाउ र सहकार्यका लागि पार्टी हाई कमाण्ड र राज्यका कार्यकर्ताहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले सबैको सहयोगकै कारण आफुले विगत सात वर्षसम्म राज्य अध्यक्षको जिम्मेवारी वहन गर्न सक्षम बनेको जनाएका छन्।

उनले पार्टीको अध्यक्ष पदबाट किन राजीनामा दिए भन्ने कारण भने राजीनामा पत्रमा उल्लेख गरेका छन्।

भाजपा सिक्किमले दियो शुभकामना

भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेशले अध्यक्ष डीबी चौहानप्रति हार्दिक आभार एवं अभिनन्दन व्यक्त गर्दै आगामी दिनको निम्ति शुभकामना व्यक्त गरेको छ। प्रदेश भाजपा अध्यक्ष डीबी चौहानले आज पार्टी प्रदेश अध्यक्षको पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई राजीनामा दिएको जनाएका छन्।

प्रदेश भाजपा प्रचार शाखाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, डीबी चौहानले 6 जनवरी, 2016 मा पहिलोपल्ट भाजपा सिक्किम प्रदेश अध्यक्षको पदभार ग्रहण गरेका थिए भने 15 फरवरी, 2020 मा पार्टी राष्ट्रिय अध्यक्ष जेपी नड्डाले दोस्रोपटक प्रदेश अध्यक्षको पदमा नियुक्त गरेका थिए। चाँड़ै उनको तीन वर्षीय दोस्रो कार्यकाल समाप्त हुनगइरहेको थियो।

प्रदेश अध्यक्षको रूपमा संघर्षमय सात वर्ष लामो कार्यकाललाई कुशलतापूर्वक निर्वहन गर्दै शुरूमा एक मुठी कार्यकर्ता रहेको पार्टीलाई राज्यकै दोस्रो शक्तिशाली राजनैतिक संगठनको रूपमा चिनाउँदै पार्टीलाई एउटा नयाँ उचाईमा पुऱ्याउन सफल भएकोमा भाजपा सिक्किमले चौहानप्रति हार्दिक आभार एवं अभिनन्दन व्यक्त गर्दै आगामी दिनको निम्ति शुभकामना व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *