ओस्लोको नाइट क्लबमा गोलीबारी, दुईको मृत्यु, 14 घाइते

Spread the love

ओस्लो, 25 जून । यूरोपको उत्तरी देश नोर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा शनिवार बिहानै गोलीबारीमा दुई जनाको मृत्यु भएको छ भने 14 जना घाइते भएका छन्। ओस्लो पुलिसका प्रवक्ता टोरे बरस्टेडले यसको पुष्टि गरेका छन्।

पुलिस प्रवक्ता टोरे बरस्टेड अनुसार, अपराध स्थल लन्दन पबदेखि एक छिमेकी क्लब हुँदै छेवैको एउटा गल्लीसम्म फैलेको छ। लन्दन पब यहाँको लोकप्रिय समलैङ्गिक बार र नाइट क्लब हो। गोलीबारी गर्नेलाई पक्राउ गरिएको छ। घाइतेहरूलाई अस्पताल पुऱ्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *