खरसाङमा शिवकुमार जयन्ती समारोह सम्पन्न

खरसाङमा शिवकुमार जयन्ती समारोह सम्पन्न

Spread the love

खरसाङ, 26 अप्रेल । गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा 104 औं शिवकुमार राई जयन्ती समारोह पालन गरियो। पुस्तकालयका सभापति पूर्ण गुरुङ निरुपमको अध्यक्षता र गोमा सुब्बाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भाषा संग्रामी उत्तमकुमार छेत्री, बिनोद प्रकाश शर्मा, आईएन शर्मा, जीबी बल, तारा सिन्हा, तिलक शर्मा, एलडी मोक्तान, पुस्ताकालयको उप सभापति प्रकाश प्रधान, पुरोषत्तम अधिकारी आदि उपस्थित रहेका थिए।

यसपाली खरसाङमा शिवकुमार राई जयन्ती सामान्य रुपमा पालन गरिएको थियो। विशेष रूपमा यसपाली दार्जीलिङमा शिवकुमार राई पुरस्कार अलंकरण समारोह भईरहेको र उक्त कार्यक्रममा गोर्खा जनपुस्ताकालय खरसाङको टोली पनि गएको हुनाले यसपाली खरसाङमा सामान्य रुपमा पालन गरिएको छ। कार्यक्रममा स्वागत सम्भाषण पुस्ताकालयको पूर्व सभापति तिलक शर्माले राखेका थिए भने विशिष्ठ अतिथिको रूपमा भाषा संग्रामी उत्तमकुमार छेत्रीले पनि वक्तव्य राखेका थिए । कार्यक्रमको शुरुमा शिवकुमार राईको सालिगमा अतिथिहरूद्वारा धुप दीप प्रज्वलन गर्दै फूलहरू चढ़ाएर श्रद्धाञ्जली अर्पण गरियो।

सभाध्यक्षको रुपमा बोल्दै गोर्खा जनपुस्ताकालय खरसाङको सभापति पूर्ण गुरुङ निरुपमले शिवकुमार राईको नाम अमर राख्नलाई खरसाङले पनि धेरै कार्य गरेको बताए । उनले खरसाङको गोर्खा जनपुस्ताकालयले शिवकुमार राईको 100 औं जन्म जयन्तीको अवसरमा शताब्दी समारोह समिति गठन गरेर वर्षभरिको लागि भारतभरिका कार्यक्रमहरू आयोजना र उनको नाममा तीनवटा भोल्युमको पुस्तकहरू प्रकाशित गरेको पनि बताएका छन् ।

गुरुङले शिवकुमार राईलाई जीवान्त पार्न खरसाङले निक्कै काम गरेको पनि बताएका छन् । कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जनपुस्ताकालय खरसाङको पूर्व सभापति तिलक शर्माले विस्तृत रुपमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published.