सिक्किम विधानसभामा अनुपूरक अनुदान मागसँगै 9 वटा संशोधन र तीनवटा नयाँ विधेयक पारित

सिक्किम विधानसभामा अनुपूरक अनुदान मागसँगै 9 वटा संशोधन र तीनवटा नयाँ विधेयक पारित

Spread the love

सिक्किम विधानसभामा मंगलवार प्रथम अनुपूरक अनुदान माग बिना बहस पारित गरियो। मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले हिजो सदनमा 35972.27 लाख रूपियॉंको प्रथम अनुपूक अनुदान माग पेश गरेका थिए। दुई दिने विधानसभा अधिवेशनको आज अन्तिम सदनमा उक्त माग बिना बहस पारित भयो।

विधानसभालाई सञ्चालन गर्दै अध्यक्ष अरुण कुमार उप्रेती

यसैगरी, हिजो सदनमा 12 वटा विधेयक पेश गरिएको थियो, जसमा तीनवटा नयॉं विधेयक र अन्यहरू संशोधन विधेयक थिए। नयॉं विधेयकहरूमा ‘सिक्किम जन सेवा वितरण (सेवाको अधिकार) विधेयक, 2022’ र ‘सिक्किम रेजिस्ट्रेशन एण्ड लाइसेन्सिङ अफ् टुरिस्ट ट्रेड बिल, 2022’ हल्का बहसपछि पारित गरियो भने ‘महात्मा गान्धी विश्वविद्यालय सिक्किम विधेयक, 2022’ बिना बहस पारित गरियो।

सदनका सदस्य डीआर थापाले बहसमा भाग लिॅंदै कतिपय आफ्ना आपत्तिहरूका साथै सुझाउहरू राखेका थिए। संशोधन विधेयकहरूमा ‘सिक्किम पब्लिक डिमाण्ड्स रिकभरी विधेयक’ बहसपछि पारित गरियो। रहल संशोधन विधेयकहरू बिना बहस पारित गरियो।

Leave a Reply

Your email address will not be published.