नयाँ दिल्ली, 31 मई । दिल्लीको राऊज एवेन्यू कोर्टले मनी लन्ड्रिङको आरोपमा पक्रा परेका दिल्ली सरकारका मन्त्री सत्येन्द्र जैनलाई 09 जूनसम्मको ईडी हिरासतमा पठाएको छ। स्पेशल जज गीताञ्जली गोयलले यो आदेश दिइन्।
सत्येन्द्र जैनलाई 30 मईमा पक्राउ गरिएको थियो। ईडीले सत्येन्द्र जैनलाई आज दिउँसो कोर्ट सामू पेश गऱ्यो। ईडीको तर्फबाट सोलिसिटर जनरल तुषार मेहताले सत्येन्द्र जैनको 14 दिनको हिरासतको माग गरे। मेहताले भने, क्याश दिल्लीमा दिइयो। यो क्याश कोलकातामा हवालाको माध्यमले एन्ट्री अपरेटर्ससम्म पुग्यो। यी एन्ट्री अपरेटर्सले कम्पनीहरूमा शेयर किनेर निवेश गर्थे। यी फर्जी कम्पनीहरू थिए। यी फर्जी कम्पनीहरूमा निवेश गरी कालो धनलाई सेतो पारिन्थ्यो। पैसाबाट जमीन किन्ने काम गरियो। प्रयास नाम गरेको एनजीओको माध्यमले कृषि भूमि किनियो।
कोर्टले तुषार मेहतालाई सोध्यो के तपाईले 2015-17 को लेनदेनको कुरा गरिरहेका छन्। तब मेहताले उनले त्यही कुरा गरिरहेको बताए। उनले भने, ईडीले जैनलाई जाँचको निम्ति बोलायो तर उनले जाँचमा सहयोग गरेनन्। यदि सत्येन्द्र जैनलाई बाहिर राखियो भने साक्ष्यहरूको साथ छेड़छाड़ हुने सम्भावना छ। यसबाट मनी लन्ड्रिङको पूरा चक्रको पत्तो लाग्नेछैन। कोर्टले मेहतालाई उनले 14 दिनको रिमाण्ड किन मागिरहेको सोध्यो। तब मेहताले भने, पैसा अरूको लागेको थियो कि थिएन, यस पैसाबाट कसलाई लाभ भयो, यसको पत्तो लगाउनुछ। यो मामिला केवल 4.81 करोड़को होइन।
सत्येन्द्र जैनको तर्फबाट वरिष्ठ उकील एन हरिहरनले भने, सत्येन्द्र जैनले लगातार जाँचमा सहयोग गरिरहेका छन्। ईडीले जुन दलीलहरू दिइरहेछ, त्यो 2017 मा दर्ता चार्जशीट दोहोराएको मात्र हो। त्यस केसमा एक इञ्च अघि बढ़िएको छैन। 5-6 पल्ट जैनलाई बोलाइयो औं उनी जाँचमा सामेल भए। सह-आरोपितले जेपनि गर्नसक्छ, त्यसको निम्ति आरोपित जिम्मेवार छैन। सीबीआई जाँचमा पनि आयको श्रोतको पत्तो लगाइएन।
आरोपितको पैसा हवालाको माध्यमले गएको कुनै साक्ष्य छैन। सत्येन्द्र जैनको घरमा दुई पल्ट छापामारी गरियो। उनको ब्याङ्क खाता सीज गरियो। हरिहरनले भने, सत्येन्द्र जैनले मन्त्री बनेपछि सबै कम्पनीहरूबाट राजीनामा दिएका थिए। ईडीसित जाँच गर्नका लागि सबैकुरा छ। तरैपनि उसले 14 दिनको हिरासतको माग किन गरिरहेछ। ईडीको भनाई छ, सत्येन्द्र जैनले जाँचमा सहयोग गरिरहेका छैनन् तर उसले केवल बलपूर्वक उनीबाट अपराध स्वीकार गराउन चाहन्छ।