खरसाङ, 16 जून । अखिल भारतीय महिला सम्मेलनकी एक कार्यकारी सदस्या चन्द्र प्रभाले नेपाली भाषालाई विदेशी भाषा भनी दिएको बयानको तीनधारे महानदी समष्टिका निर्दलीय प्रार्थी सत्यवान छेत्रीले घोर विरोध जनाएका छन्। छेत्रीले आफु क्षेत्रको विकासभन्दा पनि गोर्खा जातीय मुद्दालाई लिएर अघि बढ़ने व्यक्ति भएकोले यस्तो टिप्पणीको घोर भर्त्सना गर्दछु भनी बताए।
उनले अखिल भारतीय महिला सम्मेलनकी सदस्यालाई नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा सामेल छ भन्ने याद छैन भनी प्रश्न गरे। उनले कालेबुङबाट गएको नेपाली नृत्य टोलीलाई बाहिर निकाल्ने प्रयास गर्नु हामीमाथि ठूलो प्रहार रहेको बताए। उनले भने, हामीलाई बंगाल सरकारले मात्र प्रहार गर्दै थियो, अब केन्द्र सरकारले पनि प्रहार गर्न थाल्यो। उनले यस घटनाको सम्पूर्ण हाम्रो गोर्खे नेताहरूले घोर विरोध गर्नुपर्छ भनी बताए।