सालबारीमा सविता गोम्देन साहित्यिक कक्षको उद्घाटन अनि पुरस्कृत साहित्यकारद्वय सम्मानित

सालबारीमा सविता गोम्देन साहित्यिक कक्षको उद्घाटन अनि पुरस्कृत साहित्यकारद्वय सम्मानित

Spread the love

खरसाङ, 26 मई । सालबारीमा हालै एक कार्यक्रमबीच कवि सविता गोम्देनको नाममा एक साहित्यिक कक्षको उद्घाटन गरिएको छ। वरिष्ठ साहित्यकार नरबहादुर दाहालको बाहुलीबाट दिवङ्गत कवि सविता गोम्देनको तस्वीरमा धूपदीप प्रज्वलन गरेर सविता गोम्देन साहित्यिक कक्षको विधिवत उद्घाटन गरियो। यो कार्यक्रम सविता गोम्देनको जन्मदिनको छेक पाररे गरिएको थियो।

कार्यक्रममा वरिष्ठ साहित्यकार नरबहादुर दाहालसित सविता गोम्देनका पति अवकाशप्राप्त चिया उत्पादक अरूण गोम्देन, वरिष्ठ कविहरू मोहन ठकुरी, भविलाल लामिछाने, ज्ञानेन्द्र खतिवड़ा, लीलबहादुर सुनार, साहित्यकार डीएस बम्जन, कथाकार-अनुवादक जीतबहादुर सुनार, कवि हेमन्त काफ्ले, युग्मककार कालूसिंह रनपहेंली, वरिष्ठ समाजसेवी पूर्ण मंगर, गोम्देन टी बारका स्वामी अनन्त गोम्देन आदिको उपस्थिति रहेको थियो।

साहित्यकार नरबहादुर दाहालले खुशी व्यक्त गर्दै भने, सालबारीका अक्षरप्रेमीहरूले धेरै कामहरू गरिरहेका छन्। आजदेखि उनीहरूले एउटा कक्ष पनि पाएका छन्। उनले यसको निम्ति गोम्देन परिवारलाई धन्यवाद दिॅंदै कवि सविता गोम्देनको साहित्यिक योगदान र उनको शब्द समयसितको सम्बन्धबारे चर्चा गरे। उनले कवि सविता गोम्देन साहित्यिक कक्ष बनाएर एक नारी सर्जकलाई सम्मान पनि गरिएको बताउॅंदै खुशी व्यक्त गरे।

यस अवसरमा कवि मोहन ठकुरी, कवि ज्ञानेन्द्र खतिवड़ा, साहित्यकार डीएस बम्जन, कवि लीलबहादुर सुनार, कथाकार अनुवादक जीतबहादुर सुनार, कवि हेमन्त काफ्ले, युग्मककार कालूसिंह रनपहेंलीले पनि आफ्ना कुराहरू राखे। कार्यक्रममा सालबारीका अक्षरप्रेमीहरूले साहित्यकार नरबहादुर दाहाल अनि युग्मककार कालूसिंह रनपहेंलीले हालै नेपालबाट भवानी मिश्र स्मृति पुरस्कार अनि तेराख महाकवि देवकोटा पुरस्कार प्राप्त गरेर सालबारीलाई गौरवशाली बनाएकोमा साहित्यकारद्वयलाई खदामाला लगाइदिएर बधाई टक्राउँदै सम्मान जनाए।

Leave a Reply

Your email address will not be published.