रुसी आक्रमण झेलिरहेको यूक्रेनले बेलायतसँग रक्षा सहयोग माग्यो
कीव, 29 मई । लगभग छह महिनादेखि रुसी आक्रमण झेलिरहेको यूक्रेनका राष्ट्रपति जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जनसनबीच फोनमा कुराकानी भएको छ। यस क्रममा जेलेन्स्कीले बेलायतका प्रधानमन्त्रीसॅंग रक्षा सहयोग माग गरेका छन्।
जेलेन्स्कीले ट्वीटमा भनेका छन्, ‘हामीले यूक्रेनको निम्ति रक्षा समर्थनलाई बलियो बनाउन र सुरक्षा ग्यारण्टीमाथि कामलाई गति प्रदान गर्न कुरा गऱ्यौ। उर्जा संकटबीच यूक्रेनको निम्ति इन्धनको आपूर्तिको मुद्दामाथि पनि चर्चा भयो।
यस बीच बेलायत सरकारले विज्ञप्तिमा भनेको छ, प्रधानमन्त्रीले यस बर्बर हमला विरूद्ध आफ्नो मातृभूमिको रक्षाको प्रयासहरूमा वीर यूक्रेनी सशस्त्र बलहरूलाई समर्थन जारी राख्ने निर्णय लिएको छ। उनीहरूलाई आवश्यक उपकरण उपलब्ध गर्न मद्दत गरिने छ। दुवै नेताहरूले रुसको रवैयाबारे कुारकानी गरेका छन्।
प्रधानमन्त्री जनसनले वैश्विक खाद्य संकटलाई टाल्न यूक्रेनबाट अनाजको निर्यातलाई फेरि शुरू गर्ने तरीकाहरू खोज्न राष्ट्रपति जेलेन्स्कीसॅंग कुरा गरे। उनले यूके तत्काल प्रगतिको निम्ति जी 7 भागीदारीहरूसॅंग काम गर्ने बताए। नेताहरूले भावी रणनीतिहरूमाथि पनि चर्चा गरेका छन्।
उल्लेखनीय छ, मईको शुरूवातमा जनसनले ब्रिटिश सरकार यूक्रेनको निम्ति सैन्य सहायतामा 1.3 बिलियन पाउण्ड (लगभग 1.64 बिलियन अमेरिकी डालर) प्रदान गर्ने घोषणा गरेका थिए।-हिस