जी20-मा भाग लिन विभिन्न देशका प्रतिनिधि आइपुगे सिक्किम

Spread the love

गान्तोक, 15 मार्च। भोलि 16 मार्चदेखि हुने बी20-को बैठकमा भाग लिन विभिन्न देशका प्रतिनिधि बुधबार सिक्किम आइपुगेका छन्। नयाँ दिल्लीबाट विशेष विमान मार्फत पाक्योङ हवाईअड्डमा अवतरण गरेका जी20 समूह देशका प्रतिनिधिहरूलाई सिक्किमले पारम्परिक ढङ्गमा स्वागत जनाएको छ। जानकारी गराइन्छ जी20को अध्यक्षता प्राप्त गरेपछि भारतमा भइरहेका लगभग 200 बैठकहरूमध्ये सिक्किमले दुईवटा बैठकको आयोजन गर्ने अवसर प्राप्त गरेको छ।

यसै अन्तर्गत भोलि बिहीबारदेखि हुने बिजनेस20को बैठकमा भाग लिन अर्जेण्टिना, अस्ट्रेलिया, ब्राजिल, केनेडा, चीन, फ्रान्स, जर्मनी, इण्डिया, इण्डोनेशिया, इटली, जापान, रिपब्लिक अफ कोरिया, मेक्सिको, रूस, साउदी अरबिया, साउथ अफ्रिका, टर्की, युनाइटेड किङडम, संयुक्त राज्य अमेरिका लगायत भूटान, नेपाल र बङ्लादेशका प्रतिनिधिहरू सिक्किम आइपुगेका छन्। यी प्रतिनिधिहरूलाई सिक्किम सरकारको तर्फबाट सूचना तथा जनसंपर्क विभागका सचिव सहित गृह विभाग, संस्कृति विभाग लगायत सिक्किमका विभिन्न पारम्परिक भेषभूषामा सजिएका 15वटा जातीय सङ्गठनका प्रतिनिधिहरूले स्वागत जनाए।

आज सिक्किम आइपुगेका सबै प्रतिनिधिहरूले बेलुकी 4 बजीदेखि एमजी मार्गमा जी20का निम्ति लगाइएको प्रदर्शनी स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ। बिजनेस 20का निम्ति भोलि 16 मार्चको दिन चिन्तन भवनमा बिहान 9:30 बजे देखि तीन बजेसम्म बैठक हुनेछ भने यसपछि प्रतिनिधिहरूले रुमतेक धर्मचक्र केन्द्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

सबै प्रतिनिधिहरूको निम्ति राजधानी गान्तोक परिसरमा रहेका विभिन्न नामी होटलहरू बुक गरिएको छ। यसरी नै राज्य सरकारले आफ्नो पक्षबाट पनि तैयारी गरिसकेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *