सांसद राजू बिष्ट अस्पतालमा भर्ती बिमल गुरूङसित भेट गर्न पुगे

Spread the love

दार्जीलिङ, 30 मई। पाँच दिनदेखि आमरण अनशनमा बसेका गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) का अध्यक्ष बिमल गुरूङ स्वस्थ भएपछि आइतवार उनलाई दार्जीलिङको सदर अस्पतालमा भर्ती गराउन परेको छ। त्यही सोमवार दार्जीलिङका सांसद राजू बिष्ट अस्पतालमा भर्ती गोजमुमो अध्यक्ष बिमल गुरूङसित भेट गर्न पुगे। सांसदले अस्पतालमा पहिले बिमलसित भेट गरे, यसपछि चिकित्सकहरूसित कुराकानी गरे।

अस्पताल बाहिर आएपछि सांसद राजू बिष्टले भने, बिमल गुरूङको स्वास्थ्यको जानकारी प्राप्त गर्नका लागि म अस्पताल गएको थिए। यस भेटलाई राजनीतिक चश्माले नहेरियोस्। राज्य सरकार गोर्खाहरूप्रति ईमानदार छैन। राज्य सरकारले जीटीए चुनाउको घोषणा गरेको छ, जुन गोर्खाहरूको हितमा छैन। यो कुरा बिमल गुरूङलाई पनि राम्ररी थाहा छ। यसैले उनी जीटीए चुनाउ विरूद्ध अनशनमा बसेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *