अग्नि पथ योजनाबाट दार्जीलिङ पहाड़, तराई, डुवर्सका युवाहरूले लाभ पाउने: सांसद राजु विष्ट

अग्नि पथ योजनाबाट दार्जीलिङ पहाड़, तराई, डुवर्सका युवाहरूले लाभ पाउने: सांसद राजु विष्ट

Spread the love

दार्जीलिङ, 15 जून। भारत सरकारले अग्निपथ योजना शुरू गरेकोमा हर्ष प्रकट गर्दै सांसद राजु विष्टले यस योजनाबाट देशको सेवा गर्न चाहने दार्जीलिङ पहाड़, तराई, डुवर्स अनि उत्तर-पूर्व राज्यका युवाहरूलाई लाभ पुग्ने बताएका छन्। यो योजना लागू गरेकोमा सांसदले देशका प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलाई धन्यवाद दिएका छन्।

सांसद विष्टले एक विज्ञप्ति जारी गर्दै बताए अनुसार वर्षौंदेखि हाम्रा देशका युवाहरूले आफूलाई अप्रत्यक्ष रूपमा एनसीसी अनि एनएसएसको माध्यमबाट देशको सेवामा संलग्न गराएका थिए। देशको निम्ति युवाहरूको यो सेवा तिनीहरूको स्कूल-कलेज सकिन साथै सकिन्थ्यो। सरकारको अग्निपथ योजना अनुसार युवाहरूले राम्रो आयस्रोतको माध्यम चार वर्षसम्म देशको सेवा गर्न सक्नेछन्। यस योजना अन्तर्गत देश सेवा गर्न युवाहरूलाई पूर्ण रूपले प्रशिक्षण प्रदान गरिन्छ।

राजु विष्टले अघि भनेका छन्, अग्निपथ योजना अन्तर्गत प्रत्येक वर्ष 50 हजार युवाहरूलाई भर्ती गरिने छ। भर्ती भएका यी युवाहरूलाई अग्नि वीर नामले चिनिने छन्। भर्ती भएका युवाहरूलाई तीन महिनाको प्रशिक्षण प्रदान गरिने छ। अग्निवीर हरूलाई शुरूमा 4.67 लाख रूपियाँको वार्षिक प्याकेज प्रदान गरिने छ अनि बढ्दै गएर 6.92 लाख रूपियाँ हुनेछ। चार वर्षपछि अग्निवीरहरूले एकै साथ लगभग 11.71 लाख रूपियाँ प्राप्त गर्नेछन्। सेवाको अवधिमा अग्नि वीरहरूको 48 लाख रूपियाँको विमा रहनेछ। उनले दार्जीलिङ पहाड़, तराई, डुवर्स अनि उत्तर-पूर्वका युवाहरूले यो योजनाबाट राम्रो लाभ उठाउने छन् भनी आशा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published.