पर्यावरणको संरक्षण राज्य सरकारको उच्च प्राथमिकता: मुख्यमन्त्री

पर्यावरणको संरक्षण राज्य सरकारको उच्च प्राथमिकता: मुख्यमन्त्री

Spread the love

‘ब्लू ड्यूक’ पुतली सिक्किमको राज्य पुतली घोषित

गान्तोक, 05 जून । विश्व पर्यावरण दिवसको अवसरमा आज राज्यभरि विभिन्न ठाउॅंहरूमा विविध कार्यक्रमहरू आयोजना गरियो। यस वर्ष पर्यावरण दिवसको विषय ‘केवल एउटा धरती’ रोखिएको छ। राजधानी छेउ सरम्सा गार्डनमा पनि मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षता राज्यस्तरीय विश्व पर्यावरण दिवस पालन गरियो। मुख्यमन्त्रीले खजूरको रूखको विरुवा लगाएर सो दिवसको शुरूवात गरियो। आजादीको अमृत महोत्सवको ब्यानरमा पालन गरिएको पर्यावरण दिवसमा मन्त्रीहरू र अन्य गणमान्य जनले विरुवाहरू लगाए।

कार्यक्रममा ‘ब्लू ड्यूक’ पुतलीलाई सिक्किमको राज्य पुतली घोषणा गरियो। यो पुतलीलाई बासरोना दुर्गा (मूर, 1859) भनेर पनि चिनिन्छ। मुख्यमन्त्री तामाङसहित आमन्त्रित अतिथिहरूले ब्लू ड्यूक पुतलीको पोस्टर सार्वजनिक गरेका थिए।

कार्यक्रममा नोसाङ एम. लिम्बूलाई पर्यावरणको संरक्षण र दिगो अभ्यासका लागि उल्लेखनीय योगदान दिएकोमा मुख्यमन्त्रीको बाहुलीद्वारा सम्मानित गरियो। यसैगरी, सोनाम वाङ्गचुक लेप्चालाई पनि 2021 मा पुतलीको नयॉं प्रजाति खोज गरेकोमा सम्मानित गरियो। यसै क्रममा मुख्यमन्त्रीले एपिक हिमालयन कार्बन न्यूट्रल क्याम्पेन 2022 का विजेताहरूलाई पनि सम्मानित गरे। सम्मानित हुनेहरूमा ग्रीन राइडर छिरिङ ग्याछो भोटिया र ग्रीन रनर फुर्बा तामाङ सामेल थिए।

कार्यक्रमलाई सम्बोधित गर्ने क्रममा मुख्यमन्त्रीले पर्यावरणको संरक्षण राज्य सरकारको उच्च प्राथमिकता रहेको बताए। उनले हाम्रो प्राकृतिक वासस्थान र समृद्ध जैविक विविधताको सुरक्षा, पालनपोषण र संरक्षण गर्नु अत्यन्त आवश्यक रहेको बताए। उनले पर्यावरण र प्राकृतिक वासस्थानको संरक्षण गर्न सबैले वन विभागलाई सहयोग गर्नुपर्छ भन्ने सुझाउ पनि राखे।

मुख्यमन्त्रीले सामाजिक र पर्यावरणीय लचीलोपन निर्माण गर्न प्रकृति संरक्षणमा सबैलाई लाग्न आग्रह गर्दै प्रत्येक व्यक्तिलाई खाली ठाउॅंहरूमा विरुवाहरू लगाउने आह्वान गरे। उनले वन विभागलाई आउॅंदो स्वतन्त्रता दिवससम्म निर्वाचन क्षेत्रगत विरुवारोपण अभियानको व्यवस्थापन र देखरेख गर्न निर्देश दिए।

कार्यक्रमलाई वन विभाग मन्त्री कर्मा लोडे भोटियाले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा मुख्यमन्त्रीले चीफ मिनिस्ट्रर्स स्कूल रोलिङ ट्रफी र स्टेट ग्रीन स्कूल अवार्ड्स 2022 प्रदान गरे।

Leave a Reply

Your email address will not be published.