सिक्किमले जैविक कृषि र दिगो विकासमा उदाहारण प्रस्तुत गरेको छ: राष्ट्रपति
गान्तोक, 16 मई। राष्ट्रपति रामनाथ कोविन्दले सिक्किमका जनतालाई राज्य दिवसको शुभकामना दिॅंदै सिक्किमले जैविक कृषिको क्षेत्रमा देशमा उदाहारण प्रस्तुत गरेको बताएका छन्।
राष्ट्रपति कोविन्दले सोमवार बिहान जारी आफ्नो एक ट्वीट सन्देशमा भनेका छन्, ‘सिक्किमका जनतालाई राज्य स्थापना दिवसको शुभकामना। सिक्किमले जैविक कृषि र दिगो विकासको मार्ग अपनाउने दिशामा देश समक्ष उदाहारण प्रस्तुत गरेको छ। सिक्किमका सबै बासिन्दाहरूलाई निरन्तर विकास र समृद्धिको लागि मेरो शुभकामना।’
उल्लेखनीय छ, 16 मई, 1975 मा सिक्किम भारतको 22औं राज्यको रूपमा विलय भएको थियो। सिक्किम सरकारले यस दिनलाई सरकारी विदा घोषणा गरेको छ।