कारगिल एनजीओ र नेताजी हाई स्कूलद्वारा पगलाझोड़ाको पैह्रो क्षेत्रमा बिरुवा रोपण

Spread the love

खरसाङ, 06 जून । खरसाङ महकुमा अन्तर्गत घैयाबारीको नेताजी हाई स्कूल र कारगिल एनजीओको संयुक्त आयोजनामा आज विश्व पर्यावरण दिवस पालन गर्दै बिरुवा रोपण कार्य सम्पन्न गरियो। विशेष 5 जूनको दिन आइतवार परेको र सबै स्कूलहरू छुट्टी भएको हुॅंदा सोमवार विश्व पर्यावरण दिवस पालन गरिएको छ।

यस अवसरमा घैयाबारीको नेताजी हाई स्कूलको प्रांगनदेखि विद्यार्थीहरूद्वारा पर्यावरण सचेतना विषयमा ऱ्याली निकालियो। विद्यार्थीहरूले हातमा पर्यावरण सचेतना विषयमा प्ला कार्डहरू बोकेर पर्यावरण संरक्षण र सचेतनाको सन्देश दिॅंएका थिए। उक्त ऱ्याली घैयाबारीबाट एनएच 55 हुँदै पगलाझोड़ा पुगेर समाप्त भयो। एनएच 55 अन्तर्गत पगलाझोड़ाको पैह्रोमा बिरुवाहरू रोप्ने कार्य गरियो।

बिरुवा रोपण कार्यअघि नेताजी हाई स्कूलको सह शिक्षक दिनेश प्रधान र वन विभागका बिट अफिसर वाङदुप लेप्चाले वन संरक्षण र पर्यावरण संरक्षण विषयमा विद्यार्थी नानीहरूलाई जानकारी गराएका थिए। पगलाझोड़ाको पैह्रो क्षेत्रमा भूतपूर्व सैनिकहरूको संगठन कारगिल एनजीओका पदाधिकारीहरू र नेताजी हाई स्कूलका विद्यार्थीहरू मिलेर वन विभागद्वारा प्रदान गरिएको लगभग 50 वटा बिरुवा लगाए।

यस विषयमा नेताजी हाई स्कूलका सह शिक्षक दिनेश प्रधानले यो कार्य नेताजी हाई स्कूल र घैयाबारीको भूतपूर्व सैनिकहरूको संगठन कारगिल एनजीओको संयुक्त आयोजनामा गरिएको बताए। उनले यस पैह्रो क्षेत्रमा माटोको क्षरण रोक्न बिरुवाहरू रोपिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *