बंगालकी पियालीले बिना कृत्रिम अक्सीजनको एवरेस्ट फत्ते गरिन्

Spread the love

हुगली, 22 मई । जिल्लाको चन्दनगरको कांटा पुकुर निवासी पियाली बसाकले असम्भवलाई सम्भव गरेर देखाएकी छन्। पियाली बसाकले भारतीय समय अनुसार आइतवार बिहान साढ़े आठ बजी बिना कृत्रिम अक्सीजनको विश्वको सबैभन्दा अग्लो पर्वतीय शिखर माउन्ट एवरेस्टको चढ़ाई पूरा गरिन्। यसबाट पूरा बंगालमा खुशीको लहर छ।

पियालीले आज भारतीय समय अनुसार साढ़े आठ बजी एवरेस्टमा फत्ते हासिल गरिन्। जानकारी अनुसार, एवरेस्ट फत्ते गरेपछि पियाली अहिले क्याप 4 मा फर्किरहेकी छन्। यस अवधिमा पियालीको जितले उनको परिवार, आफन्तहरूमा खुशीको लहर छ। पियालीले एवरेस्ट फत्ते गरेको खबर आएपछि उनलाई र उनको परिवारलाई बधाई दिनेहरूको कतार लागेको छ। जानकारी अनुसार, बिना कृत्रिम अक्सीजनको एवरेस्ट फत्ते गर्नु एक अभूतपूर्व उपलब्धी हो। यो विश्व रेकर्ड पनि हुनसक्छ। उनले आफ्नो दोस्रो प्रयासमै यो असम्भवलाई सम्भव गरेर देखाएकी छन्।

यसअघि पछिल्लो पल्ट एवरेस्ट नजिक पुगेपछि पनि उनलाई फर्किनु परेको थियो। उनले आफ्नो पर्वतारोहणको खर्चाको निम्ति क्राउडफण्डिङको माध्यमले फण्ड जुटाएकी थिइन्। पर्वतारोही बसन्त सिंह रायले भने, ‘कोही बिना कृत्रिम अक्सीजनको एवरेस्टको चुचुरामा चढ्न सक्छ भनेर म कल्पना पनि गर्न सक्दिन तर यस भारतीय महिलाले असम्भवलाई सम्भव गरेर देखाएकी छन्’।

उल्लेख्य, पियाली बसाकले यसअघि पनि पर्वतारोहणको मामिलामा धेरै पल्ट भारत र बंगालको नाम उज्जवल गरिसकेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *