ट्रोल 9.5 र डीजल 7 रूपियॉं प्रति लिटर सस्तो, केन्द्रले घटायो एक्साइज ड्यूटी

ट्रोल 9.5 र डीजल 7 रूपियॉं प्रति लिटर सस्तो, केन्द्रले घटायो एक्साइज ड्यूटी

Spread the love

नयॉं दिल्ली, 21 मई । केन्द्र सरकारले महॅंगाईबाट राहत दिन पेट्रोल र डीजलको दाम घटाउने निर्णय लिएको छ। सरकारले पेट्रोल र डीजलमाथि उत्पाद शुल्क (एक्साइज ड्यूटी) 8 रूपियॉं प्रति लिटर घटाउने घोषणा गरेको छ। यस अतिरिक्त सरकारले उज्जवला योजना अन्तर्गत घरेलू ग्यास सिलिण्डरमाथि 200 रूपियॉंको सब्सिडी दिनेछ। वित्त मन्त्री निर्मला सीतारमणले शनिवार ट्वीट गरेर उक्त जानकारी दिएकी हुन्।

निर्मला सीतारमणले भनेकी छन्, यस निर्णयपछि पेट्रोल 9.5 रूपियॉं प्रति लिटर र डीजल 7 रूपियॉं प्रति लिटरसम्म सस्तो हुनेछ। सरकारको यस निर्णयले सरकारी कोषमा लगभग एक लाख करोड रूपियॉंको वार्षिक बोझ पर्नेछ। यसका साथै सरकारले उज्जवला योजना अन्तर्गत घरेलू ग्यास सिलिण्डरमा 200 रूपियॉंको सब्सिडी 12 सिलिण्डरसम्म दिनेछ। यसले वार्षिक लगभग 6100 करोड रूपियॉंको बोझ पर्नेछ।

यस अतिरिक्त वित्त मन्त्रीले सबै राज्य सरकारहरूलाई पनि भ्याटमा कटौती गरेर जनतालाई राहत दिन अपील पनि गरेकी छन्। उनले विशेष रूपमा ती राज्यहरूलाई पेट्रोल र डीजलको दाम घटाउन लगाएका छन्, जसले नोभेम्बर 2021 देखि भ्याटमा कटौती गरेको छैन।

उल्लेखनीय छ, राजधानी दिल्लीमा पेट्रोल 105.41 रूपियॉं प्रति लिटर र डीजल 96.67 रूपियॉं प्रति लिटर छ। देशको आर्थिक राजधानी मुम्बईमा पेट्रोल 120.51 रूपियॉं र डीजल 104.77 रूपियॉं, कोलकातामा पेट्रोल 115.12 रूपियॉं र डीजल 99.83 रूपियॉं तथा चेन्नईमा पेट्रोल 110.85 रूपियॉं प्रति लिटर र डीजल 100.94 रूपियॉं प्रति लिटरमा बिक्री भइरहेको छ। अर्कोतिर, अन्तरराष्ट्रिय बजारमा ब्रेन्ट क्रूड 111.22 डलर प्रति ब्यार र डब्ल्यूटीआई क्रूड 110.85 डलर प्रति ब्यारल रहेको छ।

Leave a Reply

Your email address will not be published.