पेट्रोल र डीजलको दाम 15औं दिन पनि स्थिर

पेट्रोल र डीजलको दाम 15औं दिन पनि स्थिर

Spread the love

नयॉं दिल्ली, 21 अप्रेल। रूस-यूक्रेन संकटबीच घरेलू बजारमा पेट्रोल र डीजलको दाम स्थिर रहेको छ। यद्यपि, अन्तरराष्ट्रिय बजारमा कॉंचो तेलको दाम 108 डलर प्रति ब्यारल पुगेको छ। सार्वजनिक क्षेत्रका तेल विपणन कम्पनीहरूले विगत 15 दिनदेखि पेट्रोल र डीजलको दाममा बढ़ोतरी गरेको छैन। यसका साथै राजधानी दिल्लीमा पेट्रोलको दाम 105.41 रूपियॉं र डीजलको दाम 96.67 रूपियॉंप्रति लिटर पुगेको छ।

इण्डियन ओएलको वेबसाइट अनुसार देशका अन्य महानगरहरू मुम्बईमा पेट्रोल 120.51 रूपियॉं र डीजल 104.77 रूपियॉं प्रति लिटरमा बिक्री भइरहेको छ। कोलकातामा पेट्रोल 115.12 रूपियॉं र डीजल 99.83 रूपियॉं प्रति लिटरमा बिक्री भइरहेको छ। यसैगरी, चेन्नईमा पेट्रोल 110.85 रूपियॉं र डीजल 100.94 रूपियॉं प्रति लिटरमा बिक्री भइरहेको छ।

उल्लेखनीय छ, रूस र यूक्रेन संकटबीच अन्तरराष्ट्रिय बजारमा कॉंचो तेलको दाममा घटबढको क्रम जारी रहेको छ। हप्ताको तेस्रो व्यापार दिन ब्रेन्ट क्रूड 108.06 डलर प्रति ब्यारलमा बन्द भएको थियो भने डब्ल्यूटीआई क्रूड 102.75 डलर प्रति ब्यारलमा बन्द भएको थियो।-हिस

Leave a Reply

Your email address will not be published.