केन्द्रले एक्साइज ड्यूटी घटाएपछि पेट्रोल र डीजल भयो सस्तो

केन्द्रले एक्साइज ड्यूटी घटाएपछि पेट्रोल र डीजल भयो सस्तो

Spread the love

नयॉं दिल्ली, 22 मई । महॅंगाईको मार झेलिरहेको जनतालाई केन्द्र सरकारले ठूलो राहत दिएको छ। सरकारले पेट्रोलमा केन्द्रिय उत्पाद शुल्क 8 रूपियॉं र डीजलमा 6 रूपियॉंप्रति लिटर घटाएको छ। यसपछि सार्वजनिक क्षेत्रको तेल विपणन कम्पनीहरूले आइतवार राजधानी दिल्लीमा पेट्रोल र डीजलको दाममा क्रमश: 8.69 रूपियॉं र 7.35 रूपियॉंप्रति लिटरको कटौती गरेको छ।

तेल कम्पनीहरूको नयॉं दर अनुसार राजधानी दिल्लीमा पेट्रोल 96.72 रूपियॉंप्रति लिटर र डीजल 89.62 रूपियॉंप्रति लिटर पुगेको छ। यसरी नै देशको आर्थिक राजधानी मुम्बईमा पेट्रोल 111.35 रूपियॉं र डीजल 106.03 रूपियॉंप्रति लिटर, कोलकातामा पेट्रोल 106.03 रूपियॉंप्रति लिटर र डीजल 92.76 रूपियॉंप्रति लिटर तथा चेन्नईमा पेट्रोल 102.63 रूपियॉंप्रति लिटर र डीजल 94.24 रूपियॉंप्रति लिटर पुगेको छ। हिस

Leave a Reply

Your email address will not be published.