लिम्बू समुदायलाई कहिल्यै पनि धोका दिइन, नराम्रो चिताइनः चामलिङ

Spread the love

सिक्किमका पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङ आज सिक्किम बचाउ अभियानको क्रममा पश्चिम सिक्किमका विभिन्न गाउँ-घरहरूको भ्रमण गर्दै स्थानीय मानिसहरूॅंग भेट गरे। आफ्नो अभियानलाई निरन्तरता दिॅंदै चामलिङ जनजनमा पुगी वस्तुस्थिति र अवस्थाहरूको जायजा लिने क्रम जारी रहेको एसडीएफद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ।

विज्ञप्ति अनुसार, अभियानको शुरूवात आज हिपतालस्थित मेडिटेसन सेन्टरबाट गरियो। चामलिङले पुजाविधि सम्पाप्तिपछि येबा र फेदङ्मा द्बयलाई साक्षी राख्दै लिम्बू समुदायलाई आफूले कहिल्यै पनि धोका र अन्याय नगरेको, नराम्रो नचिताएको बताए। आफ्नो प्रतिबद्धताले राज्यका लिम्बू तामाङ समुदायलाई ट्राईबलको मान्यता दिलाएको अवगत गराउँदै लिम्बू-तामाङ जातिको सीट आरक्षण गराउने पक्षमा आफूले इमान्दारितासहित पहल गरेको पनि बताए। युमा-माङको कसम खादै आफूले लिम्बू-तामाङको सीट नरोकेको पनि दाबी गरे।

 

जनतासँग संवाद तथा अन्तरक्रिया गर्दै चामलिङले एसडीएफ पार्टीले सधैँ राज्यका जनताको हित, कल्याण र सुरक्षित भविष्यका लागि काम गरेको बताए। वर्तमान सरकारले गरीब जनतालाई न्याय दिन नसकेको, सिक्किममा शान्ति र सुरक्षा बहाल गर्न नसकेको, राज्यको श्रीसम्पत्ती बेचेर जनताको वर्तमान र भविष्य अन्योल पार्न लागिरहेको, बाहिरको शाक्तिको चलखेल अहिले राज्यमा अधिक बढिरहेको आरोपहरू लगाए।

उनले आज क्याङबारी, बिजनबारी, हिगाउँ, चिन्थाङ, म्येङ, बर्फोक, याङ्सुम, बोम, बडा सामदोङ, श्रीबदाम, देथाङ, झुसिङथाङ आदिका जनतासँग भेटी प्रत्यक्ष संवाद र अन्तरक्रिया गरे। जनताले एसडीएफ सरकार सत्तादेखि बाहिरिएपछि झेल्नु परेको कष्ट, पीडा र दुखद अवस्था चामलिङलाई साझा गरेको बताइएको छ। एसकेएम सरकारले आफ्ना वाचाहरू पूरा गर्न नसकेको, राज्यको विकास गर्न नसकेको बताउँदै आगामी 2024-मा एसडीएफलाई जिताउन आफूहरू तत्पार बनेको कुरा पनि विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *