पूर्व सरकारले 9 सालमा पूरा नगरेको काम वर्तमान सरकारले डेढ़ सालमा पूरा गर्योः मुख्यमन्त्री

पूर्व सरकारले 9 सालमा पूरा नगरेको काम वर्तमान सरकारले डेढ़ सालमा पूरा गर्योः मुख्यमन्त्री

Spread the love

गान्तोक, 28 मई। पारुहाङ साप्तेन माङ्खिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले नाम उच्चारण नगरी पूर्वमुख्यमन्त्रीद्वारा कार्यक्रमलाई बहिस्कार गरिएको कुरामा खेद जताए। उनले भने, यस कार्यक्रमलाई बहिस्कार गर्नु आफैंलाई बहिस्कार गर्नु समान हो। यो धरोहर सिक्किमको मात्र नभएर विश्वको धरहोहर बनेको छ। यो सिक्किमको भूमिमा भएपनि यसलाई वैश्विक धरोहरकोरूपमा बद्लिनुपर्छ।

उनले यस माङखिमको शुरूवात पूर्व मुख्यमन्त्री पवन चामलिङले वर्ष 2009 मा गरेको उल्लेख गर्दै चामलिङलाई पनि धन्यवा दिए। उनले आजको उद्घाटन समारोहमा पूर्व मुख्यमन्त्री पनि उपस्थिति रहनेछन् भन्ने आफुले आशा गरेको, तर उनी अनुपस्थित रहेकोले दुखि रहेको बताए।

सिली नाच प्रस्तुत गर्दै नर्तकी

मुख्यमन्त्री तामाङले सरकारमा आएदेखि बद्लाको भावना लिएर राजनीति गरेको छुइन भन्दै यदि यस्तो भावना राखेको भए आज माङखिमको निर्माण कार्य पूरा हुने थिएन भनि बताए। उनले समारोह समितिले राखेका कतिपय मागहरू पनि पूरा गरिदिने आश्वासन दिए। यसै क्रममा मुख्यमन्त्रीले पश्चिम सिक्किमको परेङ गाउँमा 20 करोड़ रूपियाँको लागतमा माङखिम, गुफा आदि पूर्वाधारहरूको निर्माण कार्य गरिने पनि घोषणा गरे।

कार्यक्रममा समारोह समितिको तर्फबाट मुख्यमन्त्री र मुख्यमन्त्रीकी पत्नी कृष्ण राईलाई अभिनन्दन गरिएको थियो। यसैगरी, माङखिम निर्माणमा योगदान दिने सम्पूर्ण व्यक्तिहरूलाई पनि सम्मान जनाइयो। सिक्किम, देशका विभिन्न राज्यहरू, नेपाल र अमेरिकाबाट आएका प्रतिनिधिहरूलाई पनि मुख्यमन्त्रीको बाहुलीद्वारा सम्मानित गरिएको थियो।

उल्लेखनीय छ, पारुहाङ साप्तेन माङखिम निर्माणको निम्ति पूर्वको एसडीएफ सरकारले 27 दिसम्बर, 2009 यसको शिलान्यास गरेको थियो। यो माङखिम राजधानी गान्तोकदेखि 9 किलोमिटर टाड़ा रांका राई गाउॅंमा अवस्थित छ। यसको कूल क्षेत्र 65,340 वर्ग फिट रहेको छ भने मुख्य पारुहाङ साप्तेन माङखिम सबैभन्दा माथिल्लो तलामा रहेको छ। यस केन्द्रमा एम्पीथिएटर, पुस्तकालय, सम्मेलन हल, रेस्टुरेन्ट पनि छन्।–हिस/सिक्किम जर्नल

Leave a Reply

Your email address will not be published.