उत्तर सिक्किममा वाहन दुर्घटना चालकसितै 5 पर्यटकको मृत्यु
गान्तोक, 29 मई। उत्तर सिक्किमको खेदुम भीरमा वाहन दुर्घटना हुँदा वाहन चालक सहित पाँच जना पर्यटकको ज्यान गएको छ। लाचुङ पुलिस सूत्रबाट पाइएको जानकारी अनुसार गान्तोकबाट लाचुङ जाँदैगरेको वाहन हिजो शनिबार राति लगभग 8 बजी दुर्घटनामा परेको हो।
बताइएको छ कि सबै पर्यटकहरू महाराष्ट्रबाट सिक्किम भ्रमणका निम्ति आएका थिए। जानकारी अनुसार दुर्घटनामा परेको वाहन एसके 03जे/0551 रहेको छ भने वाहन चालकको नाम सोमी विश्वकर्मा रहेको छ।
दुर्घटनामा मृत्यु हुने पर्यटकहरूमा सुरेश पुनमिया, टोरल पुनमिया, देवानसी पुनमिया, हिरल पुनमिया अनि जयम परमार रहेका छन्। प्राप्त जानकारीअनुसार सबै मृतक महाराष्ट्र निवासी एकै परिवारका सदस्यहरू हुन्। अहिले सिक्किम पुलिस रभारतीय सेनाका जवानहरू पनि उद्धार कार्यमा जुटेका छन्। चुङथाङका अतिरिक्त पुलिस अधिक्षक एलबी छेत्रीले दिएको जानकारी अनुसार वाहन हिजो राति लाचुङ तिर गइरहरेको समय दुर्घटनमा परेको हो। वाहनमा सवार सबैजनाको मृत्यु भएको तथा मृत देह उद्धार गरेर दुर्घटनाको कारण बारे छानबिन चलिरहेको बताएका छन्।