मन्त्री मण्डलमा राई प्रतिनिधि नहुँदा पनि पहिलेको तुलनामा सौ गुणा धेर काम भएको छ- जेकब खालिङ

मन्त्री मण्डलमा राई प्रतिनिधि नहुँदा पनि पहिलेको तुलनामा सौ गुणा धेर काम भएको छ- जेकब खालिङ

Spread the love

पछिल्ला दुई दशकमा राई समुदायले बोनसाई भएर बस्नुपरेको थियो

 

नेपाली भाषी समुदायका राई जातिको प्रमुख पर्व साकेवा (उँधौली) भव्यताको साथ पालन गरियो। पूर्वी सिक्किमको पाक्योङ जिल्ला अन्तर्गत छुजाचेन निर्वाचन क्षेत्रको दलपचन्दमा आयोजित राज्य स्तरीय साकेवा पर्वको अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ (पीएस गोले) मुख्य अतिथि, मुख्यमन्त्रीकी धर्मपत्नी श्रीमती कृष्ण राई, राज्य मन्त्री मण्डलका सदस्य, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत राज्यका विभिन्न स्थानबाट आएका आम मानिसहरूको उपस्थिति रहेको थियो।

अखिल किरात राई संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले राज्यमा मुख्यमन्त्रीको नेतृत्वमा सबै जातिले समान अधिकार पाएको बताए। उनले भने विगतका दुई दशकमा राज्यका राई जातिले बोनसाई जस्तो भएर बस्नुपरेको थियो। अहिले राज्यमा कुनै कार्यक्रम आयोजन गर्नुपर्दा मुख्यमन्त्री र सरकारलाई गुहार माग्नुपर्ने स्थिति छ। यदी राई समुदायका मानिसहरू कुनै सरकारी विभागमा ठूला अधिकारी अथवा कुनै ठूलो ठेकादार हुन सकेको भए आज यस्तो स्थिति आउने थिएन।

सिक्किम विधानसभामा राई जातिका धेरै कम्ति प्रतिनिधि भएको र मन्त्र मण्डलमा पनि कुनै सदस्य नभएको कुरामा उनले भने मुख्यमन्त्री गोले जन्मजात र  धर्ममा अलग भएपनि उनले राई समुदायलाई कहील्यै अन्यायमा पारेका छैनन्। केबिनेटमा प्रतिनिधि नहुँदा पनि कुनै फरक परेको छैन। राई प्रतिनिधि नहुँदा पनि राई जातिको विकास पहिलेको भन्दा सय गुणा धेर भएर गएको छ।  जेकब खालिङले भने, मुख्यमन्त्री गोलेको दिशा निर्देशकै कारण राज्यमा जातीय एकताको उदाहरण देख्न पाइएको छ। यसलाई कायम राख्न प्रत्येक जातिका मानिसहरूको कर्तव्य हो।

 

आयोजक समितिले दिएको जानकारी अनुसार विश्वमा 28 प्रकारका राई छन्, अनि उनीहरूको आफ्नै भाषा छ। अलग भाषा र धर्म मान्ने राईहरू भएको कारण सबैलाई एक सूत्रमा ल्याउनु यो चुनैती बनेको छ। उनले जानकारी दिए अनुसार अहिले राईहरूको भाषामा बान्तवालाई राई भाषाको मान्यता दिइएको छ। बान्तवालाई अहिले सीबीएसई-मा शामिल गराइएको छ। उनले अब बान्तवालाई यूजीसीमा पनि अन्तरभुक्त गर्ने दिशामा काम चल्दैछ जसपछि कलेज अनि विश्वविद्यालयमा पनि बान्तवा भाषा पढ़ने मौका मिल्नेछ।

Leave a Reply

Your email address will not be published.