पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको स्वदेश फर्कने बाटो खुल्ला

Spread the love

नयॉं दिल्ली, 26 अप्रेल। लन्दनमा बस्दै आएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको स्वदेश फर्कन बाटो खुल्ला भएको छ। पाकिस्तानको शहबाज शरीफ सरकारले पूर्व प्रधानमन्त्री एवं आफ्नो ठूलो दाज्यु नवाज शरीफको नाम एग्जिट कण्ट्रोल लिस्ट (ईसीएल) बाट हटाएर उनलाई ग्रीन पासपोर्ट जारी गरेका छन्।

पाकिस्तानको प्रमुख समाचार पत्र डन अनुसार पूर्व प्रधानमन्त्री नवाज शरीफको निम्ति तत्काल श्रेणीमा 10 सालको वैधता भएको पासपोर्ट जारी गरिएको छ। नवाज शरीफको पासपोर्टको समय गत वर्ष समाप्त भएको थियो, तर पाकिस्तानको तत्कालीन इमरान खानको सरकारले पासपोर्ट नवीकरण गरेको थिएन।

तीनपल्ट पाकिस्तानका प्रधानमन्त्री रहेका 72 वर्षीय नवाज शरीफमाथि देशको पूर्ववर्ती इमरान सरकारले भ्रष्टाचारको आरोप लगाउॅंदै उनी विरूद्ध धेरै मामिलाहरूमा जॉंच शुरू गरेको थियो। यसपछि, 2019 मा बिरामी स्थितिमा नवाज शरीफ लाहौर हाईकोर्टको स्वीकृतिपछि उपचार गराउन लन्दन गएका थिए। त्यस समयदेखि उनी त्यहीं बस्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *