भारतीय फिल्म आरआरआर-को गीत ‘नाटू नाटू’ले 2023को अस्कर अवार्ड जितेर विश्वमा प्रशंसाको पात्र बनेको छ। विश्वकै सर्वाधिक प्रतिष्ठित फिल्म अवार्ड अस्करमा भारतको गुणगान र जयजयकार भएको छ। विश्वमा रहेका आरआरआर प्रशंसकहरूले यस विजयलाई इतिहासको पन्नामा लेखिएको बताएका छन्। अस्करले भारतीय चलचित्र जगतका प्रशंसकहरूको छाती गर्वले चौड़ा गरिदिएको छ। यसका साथै भारतीय सर्ट फिल्म ‘द एलिफेण्ट व्हिस्पर्सले’ पनि अस्कर अवार्ड जितेको छ। दुवै पुरस्कारले भारतीय सिनेमाको इतिहासलाई गर्वबोध गराएको छ।
विश्वको सबैभन्दा ठूलो दोस्रो शहर तथा अमेरिकाको केलिफोर्निया प्रान्तको सबैभन्दा ठूलो शहर लस एंजल्समा आयोजित अस्कर अवार्डले भारतीयहरूको निम्ति खुशीको अवसर रहेको छ। मूल रूपमा तेलेगू भाषामा निर्मित फिल्म आरआरआर-को गीत ‘नाटू नाटू’ ले ओरिजनल सङ्ग वर्गमा अस्कर अवार्ड जितेको हो। भारतको फिल्म आरआरआरको गीत ‘नाटू नाटू’ को नाम घोषणा हुनसाथ फिल्मका टीम र निर्देशक एसएस राजामौली खुशीले रमाएका छन्।
अस्कर अवार्डको यस 95औं संस्करणमा ‘नाटू नाटू’ को रूपमा भारतले दोस्रो अस्कर जितेको छ। भारतीय फिल्म ‘द एलिफेन्ट व्हिस्परर्स ले शर्ट फिल्म वृत्तचित्र वर्गमा अस्कर जितेको हो। यो फिल्मले विश्वभरि भारतको गौरव बढाएको छ। भारतको निम्ति यो ऐतिहासिक पल रहेको भारतीय सिनेमा जगतका प्रशंसकहरू बताउँछन्।