मानव उत्थान सेवा समिती, रम्फु तहसिलद्वारा विश्व पर्यावरण दिवस पालन

मानव उत्थान सेवा समिती, रम्फु तहसिलद्वारा विश्व पर्यावरण दिवस पालन

Spread the love

रम्फु, ५ जुन। मानव उत्थान सेवा समिति, रम्फु तहसिलले आज विश्व पर्यावरण दिवस पालन गर्‍यो। रम्फुस्थित मानव उत्थान सेवा समितिको पर्यावरण सचेतना एवं सामाजिक केन्द्र परिसरमा आयोजित विश्व पर्यावरण दिवसमा सिक्किम दार्जीलिङ हिमाली क्षेत्रका प्रभारी महात्मा अखिलेश बाईजीको विशेष उपस्थिति थियो। यस परिसरमा मानव उत्थान सेवा समितिले विश्व पर्यावरण दिवसको अवसरमा वर्षेनी विभिन्न प्रजातिका विरुवाहरु र औषधीय वनस्पति रोप्ने गर्छ।

यहाँ समितिद्वारा औषधीय वनस्पतिको एउटा उद्यान स्थापना गरिएको छ जहाँ लगभग तीसवटा प्रजातिको औषधीय वनस्पति लगाइएको छ। आज विश्व पर्यावरण दिवसको अवसरमा मानव उत्थान सेवा समिति, रम्फु तहसिलद्वारा खमारी, अमला, राजवृक्षे, टीक, सुपारी, नरिवल, पारिजात, रुद्राक्ष, रातो चन्दन, टोटोला, औंले चाँप जस्ता बहुउपयोगी रुखहरु, यसरी नै फलका विरुवाहरुमा अम्बक, ज्यामिर, बेल, किम्बु, जामुन, सुन्तला, निम्बु, कटहर आदि रोपियो भने औषधीय वनस्पतिमा हल्दी, हर्रा, बर्रा, कडीपत्ता, मरिच, कालो हलेदो, निमपत्ती आदि रोपियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपस्थित समितिका महात्माद्व्य अखिलेश बाईजी र ज्ञान बाईजीले रोपिएको विरुवाहरुको संरक्षण गर्नका निम्ति नियमित स्याहार श्रुसार गर्न अति आवश्यक रहेको बताए। मानव जीवन बाँच्ने आधार नै वन्यसम्पदा रहेको बताउँदै महात्मागणले हाम्रा पितापुर्खाले वन जङ्गललाई ईश्वरीय शक्तिका रुपमा आराधना गर्दै आएको तर पछिबाट भौतिक विज्ञानको विकास र ईश्वरीय शक्ति सम्बन्धि मानवको विश्वासमा ह्रास आएपछि वन जङ्गलको अन्धाधुन्ध विनाश गरिएको बताए। यही वन विनाशको कारण अहिले विश्व मानवले वैश्विक तापमान, मौसम परिवर्तन जस्तो प्रलयङ्कारी घटनाहरु सामना गर्न परिरहेको महात्माद्व्यले आफ्नो सम्बोधनमा बताए।
यो अवसरमा मानव उत्थान सेवा समिति, रम्फु तहसिलका कार्यकर्तागण, मानव सेवा दल, युवा प्रकोष्ठ, बालसभा र अन्य सदस्यगणले वृक्षारोपणमा सहभागिता जनाएका थिए।

Leave a Reply

Your email address will not be published.