ममता सरकारले जन्म-मृत्युको रेकर्ड राख्न राज्यको आफ्नो पोर्टल लाञ्च गर्ने

Spread the love

कोलकाता, 04 मई । पश्चिम बंगालको ममता ब्यानर्जी सरकारले जन्म एवं मृत्युको रेकर्ड राख्नका लागि राज्यको आफ्नो पोर्टल शुरू गर्न गईरहेछ। मुख्यमन्त्री ममता ब्यानर्जीले बिहिवार कोलकाता स्थित नेताजी इनडोर स्टेडियममा नयाँ पोर्टलको शुभारम्भ गर्नेछिन्। बुधवार स्वास्थ्य भवनको तर्फबाट जारी विज्ञप्तीको माध्यमले यो जानकारी दिइएको छ।

जानकारी अनुसार, अहिलेसम्म केन्द्रिय सरकारको सिविल रजिस्ट्रेशन सिस्टम अन्तर्गत राज्यवासीहरूलाई जन्म एवं मृत्युको प्रमाणपत्र प्राप्त हुँदै आएको छ तर अब राज्य सरकारले स्वयं आफ्नो पोर्टलको माध्यमले प्रमाणपत्र जारी गर्नेछ। यो परिसेवा स्वास्थ्य भवनको पोर्टलबाट प्राप्त हुनेछ। यसका साथै केन्द्र सरकारको पोर्टलमा उपलब्ध सबै जानकारी यस पोर्टलबाट मिल्नेछ।

यस पोर्टलमा राज्यका सबै सरकारी मेडिकल कलेजहरू, अस्पतालहरू सहित मातृसदनको पनि जानकारी समाहित गरिएको छ। यस बाहेक यस पोर्टलमा राज्यका सबै नगर निगमहरू, नगरपालिकाहरू, पञ्चायत एवं नगर विकास विभागहरू अधीन स्टेट अर्बन डेवलपमेन्ट एजेन्सीको पनि विस्तृत जानकारी पाइनेछ। खास कुरा के छ भने जन्म-मृत्युको हस्ताक्षरकर्ताको सब-रजिस्ट्रारको पनि डिजिटल सिग्नेचर लिइएको छ ताकि कुनैपनि प्रमाणपत्रको कुनै फर्जी पत्र बनाउन नसकियोस्।

सबैभन्दा ठूलो सुविधा के छ भने राज्यवासीहरूलाई यो प्रमाणपत्र पाउनका लागि नगर निगम वा पञ्चायत जानपर्नेछैन तर घर बसी यसलाई निकाल्न सकिनेछ। यस पोर्टलबारे अधिक जानकारीको निम्ति राज्य सरकारले टोल फ्री नम्बर जारी गरेको छ। यो नम्बर हो- 1800313444222.- हिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *