महाकाल मन्दिर परिसरमा खसहरूको पारम्परिक उभौली पूजा सम्पन्न
दार्जीलिङ, 22 मई । खस जनजाति संघको आयोजनामा आज दार्जीलिङको महाकाल मन्दिर परिसरमा अवस्थित मस्टो माड़ोमा खसहरूको पारम्परिक उभौली पूजा सम्पन्न गरियो। खस जातिय धामी प्रणीम बुढाथोकी र उनकी चेलीद्वारा परम्परागत रूपमा विधिपूर्वक पूजा-अर्चना गरेर सम्पन्न गरियो। यस अवसरमा खस जनजाति संघ, केन्द्रिय समिति तथा विभिन्न जिल्ला अनि शाखा समितिहरूबाट खस प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
आजको पूजा आयोजनाबारे खस जनजाति संघ, केन्द्रिय समिति कार्यकारी सचिव सागरराज छेत्रीले खसहरूले परापुर्वकालदेखि गरिँदै आइरहेको जातिय परम्परा अनि मुख्य पूजा उभौली आज यहाँ विधिपूर्वक सम्पन्न गरिएको बताए। तिनले यसअघि यस्तै उभौली पूजा यसपाली गत 16 मई बैसाखी पूर्णिमाको दिन डुवर्सको अलिपुर जिल्लाको कैजले बस्तीस्थित ढड़ान मस्टो माड़ोमा गरिएको जनाउँदै यसको समापन आज गरिएको जनाए।