नयाँ दिल्ली, 29 जून। केरलाका राज्यपाल आरिफ मोहम्मद खानले बुधवार मुस्लिम नानीहरूलाई 14 वर्षसम्म व्यापक विचारहरूको शिक्षा दिइनुपर्छ भने। उनले उदयपुरमा धार्मिक उन्मादीहरूको तर्फबाट गरिएको हत्यामाथि टिप्पणी गरिरहेका थिए।
पत्रकारहरूसित कुराकानीमा मोहम्मद खानले भने, ‘रोगको लक्षण देखा पर्दा हामी चिन्तित हुन्छौं। तर रोग कति गहिरोसम्म पुगेको छ, यसको हामीलाई चिन्ता छैन। मदरसाहरूमा नानीहरूलाई ईशनिन्दा गर्नेको शिर काँट्नु पढ़ाइन्छ’।
उनले भने, ‘मुस्लिम कानून कुरानबाट लिइएको होइन। यिनीहरू विभिन्न सलतनतहरूमा व्यक्तिहरूको तर्फबाट तयार पारिएको हो। मदरसाहरूमा मुस्लिम कानूनहरू सरह नानीहरूलाई पढ़ाइन्छ। यसबाट नानीहरू प्रभावित हुन्छन्। उसलाई 14 वर्षसम्म व्यापक शिक्षा दिइनुपर्छ, यो हरेक नानीको अधिकार हो। यिनीहरूलाई यस आयुमा विशेष शिक्षा दिइनु हुँदैन’।