खरसाङ, 24 मई । खरसाङ महकुमा अन्तर्गत टुंग सन्तमेरिज समष्टि अन्तर्गत टुंगदेखि बेलटारसम्म पुग्ने 4.6 किलोमिटर जिपेबल रोडको मरम्मति कार्य प्रधानमन्त्री ग्राम सड़क परियोजनाबाट भइरहेको छ। बाटोको अवस्था अति सोचनीय भएको हुनाले स्थानीय गाउँवासीले धेरै समस्या भोग्नु परिरहेको स्थानीय गाउँलेहरूको भनाइ छ। उक्त मरम्मति कार्यको निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले पहल गरिदिएकोमा गाउँवासीले समष्टि टोली साथै विभागीय अधिकारीलाई कृतज्ञता प्रकट गरेका छन्।
उक्त शिलान्यास कार्यक्रम टुंग सन्तमेरिज समष्टि भागोप्रमो सभापति नुरी शेर्पा, खरसाङ महकुमा समिति युवा शक्ति प्रचार प्रसार सचिव रोशनहाङ सुब्बाद्वारा पूजा गरेर सम्पन्न गरियो। शिलान्यास कार्यक्रममा खरसाङ महकुमा समिति युवा शक्ति सभापति पेबेन्द्र गुरूङ, समष्टि प्रमुख सल्लाहकार संजय थापा, विभागीय अधिकारी, स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको जानकारी बसन्त कुलुङ राईले दिएका छन्।