खरसाङको सिपाहीधुरामा गाड़ी दुर्घटना, 3 जनाको मृत्यु, 4 घाइते

खरसाङको सिपाहीधुरामा गाड़ी दुर्घटना, 3 जनाको मृत्यु, 4 घाइते

Spread the love

खरसाङको सिपाहीधुरामा भएको गाड़ी दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहति 4 जना घाइते बनेका छन्। एक राष्ट्रीय समाचार एजेन्सी (हिन्दुस्थान समाचार) मार्फत प्राप्त जानकारी अनुसार दिउँसो लगभग 3ः30 बजी सिलगढीबाट सोनादा आइरहेको एउटा स्पेसियो गाडी खरसाङदेखि केही माथितिर रहेको सिपाहीधुरामा दुर्घटनामा परेको हो। उक्त गाड़ीमा जम्मा आठजना यात्री थिए। दुर्घटनामा परेर मृत्यु हुनेहरूमा पचेङ सोनादा निवासी सविता लेप्चा, अप्पर पचेङ सोनादा, गोराबारी निवासी बिना राई, गैरी गाउँ निवासी स्वस्तिका तामाङ रहेका छन्।

गाड़ी दुर्घटनामा परेर घाइते भएकाहरूलाई खरसाङ महकुमा अस्पतालमा भर्ना गरिएको छ। उक्त दुर्घटनामा परेर घाइते भएकाहरूलाई हेर्न जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा पनि अस्पतालमा पुगेका थिए। घटना स्थलमा टुंग सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पा उपस्थित रहेका थिए। दुर्घटनामा घाइते भएकाहरूलाई खरसाङ महकुमा अस्पतालबाट उपचारको लागि सिलगढी रेफर गरिएको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published.