‘कबड्डी-4’ को प्रदर्शनमाथि स्थगनलाई लिएर आदेश जारी

‘कबड्डी-4’ को प्रदर्शनमाथि स्थगनलाई लिएर आदेश जारी

Spread the love

गान्तोक, 15 जून। बहुचर्चित नेपाली चलचित्र ‘कबड्डी-4’ को प्रदर्शनमाथि रोकलाई लिएर सिक्किम सरकारको शहरी विकास विभागले बुधवार आदेश जारी गरेको छ। विभागका विशेष सचिवद्वारा हस्ताक्षरित यस आदेशमा सिक्किम सिनेमास् (रेगुलेशन) एक्ट, 1978 को धारा 6(1) अन्तर्गत राज्यमा ‘कबड्डी-4’ को प्रदर्शन स्थगित गरिएको कुरा उल्लेख छ। यो आदेश तुरून्तै लागू हुनेछ र अर्को आदेशसम्म जारी रहने कुरा पनि जनाइएको छ।

आदेशमा जनाइए अनुसार, सिक्किममा ‘कबड्डी-4’ प्रदर्शन हुने निर्धारित रहेको छ। तर, यस फिल्मको सन्दर्भमा उत्पन्न भएको विवादका कारण विभिन्न बौद्ध संगठनहरूले यसको प्रदर्शनको विरोध गरिरहेका छन्। यो फिल्म राज्यमा रिलीज भएको खण्डमा अशान्ति फैलिने र राज्यको शान्ति भङ्ग हुन सक्ने सम्भावना महसुस गरिएको छ।

उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो आफ्नो आधिकारिक फेसबुक पेजको माध्यमद्वारा सिक्किममा ‘कबड्डी-4’ फिल्मको प्रदर्शनमाथि राज्य सरकारले रोक लगाउने निर्णय लिएको जानकारी गराएका थिए।

उल्लेखनीय छ, नेपालको राजधानी काठमाण्डौंस्थित स्थानीय एउटा सिनेमा हलमा ‘कबड्डी-4’ प्रदर्शनको क्रममा अभिनेत्री मिरुना मंगरले बौद्ध भिक्षु फुर्बा लामालाई थप्पड़ हिर्काएकी थिइन्। उनले फुर्बा लामामाथि उनको शरीरमा अभद्र तरिकाले छोएको आरोप लगाएकी छन्। उनले लामालाई माफी माग्न लगाउॅंदै मानिसहरूको भीडबीच कान समातेर उठ-बस पनि गर्न लगाएकी थिइन्।

यो घटनापछि नेपालमा विवाद शुरू भयो र चलचित्रको प्रदर्शनमाथि रोक लगाउनु पर्ने माग चर्किन थाल्यो। यद्यपि, नेपालमा विवादबीच पनि यो फिल्म सफलतापूर्वक प्रदर्शन भइरहेको छ।

Leave a Reply

Your email address will not be published.