नयाँ दिल्ली, 19 जून । कांग्रेस नेताहरूले आइतवार दिल्लीको जन्तर-मन्तरमा ‘अग्निपथ’ योजना विरूद्ध धरना प्रदर्शन गरे। यस अवधिमा कांग्रेस नेताहरूले सेनामा भर्तीसित जुड़ेको यस नयाँ योजनालाई फिर्ता लिने माग गरे।
धऱना-प्रदर्शनमा कांग्रेस सांसदहरू र पार्टी कार्यसमितिका पदाधिकारीहरूले भाग लिए। पार्टी महासचिव प्रियंका गान्धी पनि प्रदर्शनमा भाग लिन जन्तर-मन्तर पुगिन्।
धरनामा पार्टी नेताहरूले एक-एक गरी आफ्नो पक्ष राखे। कांग्रेस नेता अजय माकनले भने, सरकारले युवाहरूको रोजगारसित खेलवाड़ गरिरहेछ। अग्निपथ योजनालाई ल्याउनअघि सरकारले सबैको साथ विमर्श गरेन।
कांग्रेस नेता दिपेन्द्र हुड्डाले भने, योजना विरूद्ध भईरहेको हिंसा र आगजनीको निम्ति केन्द्र सरकार जिम्मेवार छ। योजनाले देशको राष्ट्रिय सुरक्षासित पनि समझौता गर्दछ।
पार्टी नेता सचिन पायलटले भने, सरकारले योजनालाई पेन्शन बिल घटाउनका लागि ल्याएको हो र यसअघि कुनै विशेष चर्चा गरिएन।
पार्टी नेता सलमान खुर्शीदले भने, युवाहरूले योजनाको विरोधमा हिंसा गर्नु हुँदैन। कांग्रेस पार्टी उनीहरूको साथ छ र हामी योजनालाई फिर्ता नलिञ्जेलसम्म संघर्ष गरिरहनेछौं।